मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई « Khabarhub

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रूपन्देहीले हात पारेको छ । 

आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रूपन्देहीले उपाधि हात पारेको हो । रूपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अंकले पाल्पालाई पराजित गरेको हो ।

उपाधिसँगै विजेता रूपन्देहीले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : १६ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह