भारतको आणविक शक्तिसम्पन्न नयाँ पनडुब्बी नौसेनामा सामेल « Khabarhub

भारतको आणविक शक्तिसम्पन्न नयाँ पनडुब्बी नौसेनामा सामेल


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले आफ्नो तेस्रो आणविक शक्तिसम्पन्न ब्यालिस्टिक मिसाइल पनडुब्बी आईएनएस अरिदमन नौसेनामा सामेल गरेको छ। यससँगै भारतको समुद्री आणविक प्रतिरोध क्षमता थप सुदृढ भएको छ। सोही अवसरमा अत्याधुनिक स्टिल्थ फ्रिगेट आईएनएस तारागिरीलाई पनि औपचारिक रूपमा कमिसन गरिएको छ।

रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा यी दुई शक्तिशाली युद्धपोतहरू जलसेनामा भित्र्याइएका हुन् । मन्त्री सिंहले सामाजिक सञ्जालमा अरिदमन शब्द मात्र नभएर शक्ति रहेको भन्दै यसको महत्त्व दर्शाएका छन् । आईएनएस तारागिरीले समुद्री सुरक्षा, एन्टि-पाइरेसी अपरेसन र तटीय निगरानी जस्ता बहुआयामिक भूमिका निर्वाह गर्ने क्षमता राख्छ ।

आईएनएस अरिदमनको आगमनसँगै भारतसँग अब समुद्री सतहमुनि तीनवटा आणविक पनडुब्बीहरू सञ्चालनमा रहनेछन्। करिब ७,००० टन क्षमताको यो पनडुब्बीले ३,५०० किलोमिटरसम्म मार हान्न सक्ने के-४ मिसाइलहरू बोक्न सक्छ। भारत अहिले हावा, जमिन र समुद्र तीनै क्षेत्रबाट आणविक हतियार प्रहार गर्न सक्ने ‘न्युक्लियर ट्रायड’ क्षमता भएका अमेरिका, रुस र चीन जस्ता सीमित राष्ट्रहरूको समूहमा परेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ०२ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६