बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले अहिलेसम्म कुनै पनि विश्वकपमा भाग लिन पाएको छैन । तर त्यहाँ फुटबलप्रतिको क्रेज भने बेग्लै किसिमको छ ।

यो विश्वकप बंगलादेशका लागि घातक साबित भएको छ । विश्वकपका खेललाई लिएर समर्थकहरूबीच भएका विभिन्न झडप, छुरा प्रहार, कुटपिट र खेलसँग जोडिएका दुर्घटनाहरूमा परी बंगलादेशमा अहिलेसम्म कम्तीमा १२ जनाको ज्यान गइसकेको छ ।

प्रतियोगिताको सरगर्मी बढ्दै जाँदा समर्थकहरू उग्र बन्ने क्रम बढेको छ ।

यसैबीच बंगलादेशको कुमिल्ला शहरमा अर्जेन्टिना र इजिप्टबीचको खेल हेर्ने क्रममा भएको सामान्य भनाभनले उग्र रूप लिँदा ३८ वर्षीय ई-रिक्सा चालक मोहम्मद शरिफुल इस्लामको कुटपिटबाट मृत्यु भएको छ ।

आफ्नो देश मैदानमा नभए पनि मनपर्ने टोली र खेलाडीको जित-हारलाई प्रतिष्ठाको विषय बनाउँदा बंगलादेशका विभिन्न स्थानमा समर्थकहरूबीच तनाव र हिंसा भड्किरहेको छ, जसले खेलको वास्तविक भावनामाथि नै ठूलो प्रहार गरेको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ७ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी