पाकिस्तान प्रशासित कश्मीरमा प्रतिबन्धित समूहका दर्जनौँ समर्थक पक्राउ « Khabarhub

पाकिस्तान प्रशासित कश्मीरमा प्रतिबन्धित समूहका दर्जनौँ समर्थक पक्राउ


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान प्रशासित कश्मीरमा प्रहरीले प्रतिबन्धित समूहका दर्जनौँ समर्थकहरूलाई पक्राउ गरेको छ । यो समूहले विगतका वर्षहरूमा सेवा सुविधा र अधिकारको माग गर्दै हिंसात्मक प्रदर्शन गरेको थि यो।

मुजफ्फराबादको क्षेत्रीय सरकारले ‘जोइन्ट अवामी एक्सन कमिटी’ (जेएएसी) लाई प्रतिबन्ध लगाएको भोलिपल्टै यो गिरफ्तारी भएको हो । सार्वजनिक शान्ति र सुरक्षामा खलल पुग्ने चिन्ता व्यक्त गर्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो । गहुँ र बिजुलीमा अनुदानसहितका ३८ बुँदे मागका कारण सरकार र सो समूहबीच केही हप्तादेखि तनाव बढेको थियो।

पाकिस्तान प्रशासित कश्मीरका प्रधानमन्त्री फैसल मुम्ताज राठोरले बाँकी दुई मागबारे छलफल गर्न आफू अझै तयार रहेको बताएका छन् । उनले प्रतिबन्ध अघि र पछि पनि वार्ताका लागि सरकारले तत्परता देखाएको बताएका छन् ।

विरोध प्रदर्शनलाई ध्यानमा राख्दै अधिकारीहरूले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् । कश्मीर पाकिस्तान र भारतबीच विभाजित छ । दुवै देशले यसमाथि आफ्नो पूर्ण दाबी गर्दै आएका छन्। सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि यी दुई आणविक शक्ति सम्पन्न छिमेकीहरूबीच कश्मीरकै विषयलाई लिएर दुई पटक ठूला युद्ध भइसकेका छन्।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : ५३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको