बलुचिस्तानमा १७ वर्षीया बालिकासहित एकै परिवारका दुई जनालाई सुरक्षाकर्मीले लिए नियन्त्रणमा « Khabarhub

बलुचिस्तानमा १७ वर्षीया बालिकासहित एकै परिवारका दुई जनालाई सुरक्षाकर्मीले लिए नियन्त्रणमा


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित खुज्दारको सिभिल कोलनीमा रहेको एक आवासीय क्षेत्रबाट सुरक्षाकर्मीले १७ वर्षीया बालिकासहित दुई जनालाई नियन्त्रणमा लिएका छन् । परिवारका स्रोतले दिएको जानकारी अनुसार अब्दुल कुदुस जरकजाई र उनकी १७ वर्षीया छोरी अक्सालाई अज्ञात स्थानमा लगिएको छ ।

परिवारका अनुसार गत अगस्ट ५ तारिखको राति करिब १० बजे काउन्टर टेरोरिज्म डिपार्टमेन्ट (सीटीडी) का कर्मचारी र सादा पोसाकका अधिकारीहरूले संयुक्त रूपमा उक्त आवासीय परिसरमा छापा मारेका थिए। छापा मार्ने क्रममा सुरक्षाकर्मीहरूले घरभित्र प्रवेश गरी महिला तथा अन्य बासिन्दाहरूलाई दुव्र्यवहार, भौतिक आक्रमण तथा घरको खानतलासी गरेका थिए।

त्यस दौरान अब्दुल कुदुस जरकजाई र उनकी छोरी अक्सालाई जबर्जस्ती नियन्त्रणमा लिइएको परिवारले बताएको छ। पक्राउ गर्नुको कुनै पनि कारण नबताइएको र उनीहरूविरुद्ध कुनै कानुनी कारबाही वा मुद्दा चलाइएको बारे पनि परिवारलाई जानकारी गराइएको छैन। उनीहरूलाई बेपत्ता पारिएदेखि हालसम्म कुनै पनि किसिमको जानकारी प्राप्त नभएको र उनीहरूलाई कहाँ राखिएको छ भन्नेबारे पनि परिवारलाई केही बताइएको छैन।

यस घटनाबाट पीडित परिवारले मानवअधिकार संगठनहरू, कानुन व्यवसायी समुदाय, राजनीतिक दलहरू र नागरिक समाजलाई घटनाको गम्भीरता बुझ्न तथा अब्दुल कुदुस र उनकी छोरीको सुरक्षित रिहाइ र खोजीका लागि पहल गर्न जोडदार अपिल गरेका छन्। यस विषयमा समाचार तयार पार्दासम्म पाकिस्तानी अधिकारीहरूले भने कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ३ : ५७ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी