बंगलादेशका आदिवासीद्वारा लागि संवैधानिक हक र भूमि अधिकारको माग « Khabarhub

बंगलादेशका आदिवासीद्वारा लागि संवैधानिक हक र भूमि अधिकारको माग


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदिवासी दिवसका अवसरमा बंगलादेशमा आयोजित विभिन्न कार्यक्रमहरूमा आदिवासी समुदायले संवैधानिक अधिकार र भूमि अधिकारको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गरेका छन्। राजधानी ढाकास्थित सेन्ट्रल सहिद मिनारमा बंगलादेश आदिवासी फोरमको आयोजनामा भएको मुख्य कार्यक्रमसहित विभिन्न चर्च, क्याथोलिक विद्यालय र कलेजहरूमा विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ।

गारो, मामरा, चकमा, सान्थाल, त्रिपुरा, हाजोङ्ग, मुण्डा लगायतका विभिन्न आदिवासी समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको यस अवसरमा राज्यको उदासीनताका कारण आदिवासीहरू अझै पनि आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको गुनासो गरिएको छ।

बंगलादेश आदिवासी फोरमका महासचिव तथा मानवअधिकारकर्मी सञ्जीव ड्रोङले आफ्नो मन्तव्यका क्रममा विगत तीन दशकदेखि आदिवासीहरूको आत्मनिर्णयको अधिकारका लागि संघर्षरत रहेको बताउँदै राज्यले उनीहरूको भाषा, पहिचान, भूमि र संस्कृतिलाई संवैधानिक मान्यता दिनुपर्नेमा जोड दिएका छन्। उनले बंगलादेशमा आदिवासीहरूको वास्तविक संख्या करिब ४० लाख रहेको दाबी गर्दै विविधता नै देशको सौन्दर्य र शक्ति भएको उल्लेख गरे।

क्याथोलिक चर्चले शिक्षा, स्वास्थ्य र भूमि अधिकारसम्बन्धी समस्या समाधानमा वर्षौंदेखि महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ। बंगलादेशका क्याथोलिक बिशप्स कन्फरेन्सको इन्टिग्रल ह्युमन डेभलपमेन्ट कमिसनका सचिव फादर ह्युबर्ट लिटन गोमेजले चर्चले सधैं जातजातिको भेदभावबिना सबै आदिवासीहरूको अधिकार रक्षाका लागि काम गरेको बताएका छन्।

राजनीतिक दल, आदिवासी नेता र चर्चले संयुक्त रूपमा पहल गरेमा आदिवासीहरूले आफ्नो अधिकार पाउन सक्ने विश्वास उनले व्यक्त गरे। यद्यपि, गारो समुदायका अधिकारकर्मी थियोफिल नोक्रेकले भने आदिवासीहरूको अधिकारका पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चले अझ बढी प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन्।

बंगलादेश सरकारले अहिलेसम्म सबै आदिवासी समुदायलाई संवैधानिक रूपमा मान्यता नदिए पनि करिब ५० वटा सानो जातीय समूहलाई आंशिक मान्यता दिएको छ। सन् २०२२ को जनगणना अनुसार सूचीकृत तथा अन्य साना जातीय समूहहरूको जनसंख्या करिब १६ लाख रहेको बताइए पनि आदिवासी नेताहरूले भने वास्तविक संख्या धेरै बढी रहेको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ४ : ०८ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि