कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो « Khabarhub

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।

हालको तथ्यांकअनुसार संक्रमितमध्ये मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ । इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ । स्थानीय अधिकारीहरूका अनुसार सुद–उबाङ्गी प्रान्तमा पनि एक जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो ।

सुद–उबाङ्गीमा पुष्टि भएको संक्रमण दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका २३ वर्षीय पुरुषमा देखिएको थियो । ती संक्रमितको पछि मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

सुद–उबाङ्गी यसअघि संक्रमण पुष्टि भएका छ वटा प्रान्तसँग सीमा जोडिएको छैन। ती प्रान्तहरूमा इतुरी, उत्तर किभु, दक्षिण किभु, हाउट–उएले, चोपो र बास–उएले रहेका छन् ।

गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : ०७ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र