कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो « Khabarhub

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।

हालको तथ्यांकअनुसार संक्रमितमध्ये मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ । इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ । स्थानीय अधिकारीहरूका अनुसार सुद–उबाङ्गी प्रान्तमा पनि एक जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो ।

सुद–उबाङ्गीमा पुष्टि भएको संक्रमण दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका २३ वर्षीय पुरुषमा देखिएको थियो । ती संक्रमितको पछि मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

सुद–उबाङ्गी यसअघि संक्रमण पुष्टि भएका छ वटा प्रान्तसँग सीमा जोडिएको छैन। ती प्रान्तहरूमा इतुरी, उत्तर किभु, दक्षिण किभु, हाउट–उएले, चोपो र बास–उएले रहेका छन् ।

गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  १ : ०७ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी