ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन « Khabarhub

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ शिखर सम्मेलन जारी छ । सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङले मध्यपूर्वमा भइरहेको युद्धले विश्वकै हित नगर्ने स्पष्ट पारेका छन् ।

अमेरिकी र इरानी सेनाबीच विगत छ महिनाभन्दा लामो समयदेखि जारी दोहोरो आक्रमण र होर्मुज जलडमरूमध्य जस्ता महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा संकट चुलिएका बेला राष्ट्रपति सीको यो भनाइ आएको हो । इरानी राष्ट्रपति मसुद पेजेस्कियान समेत सहभागी सम्मेलनलाई सम्बोधन गर्दै उनले मध्यपूर्व र खाडी क्षेत्रको परिस्थिति बिग्रँदै जाँदा त्यहाँका जनताले गम्भीर क्षति व्यहोर्नुपरेको र यसले अन्तर्राष्ट्रिय समुदायको साझा हितलाई कुनै सहयोग नपुर्‍याउने बताएका हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति सीले ब्रिक्स सदस्य राष्ट्रहरूलाई अन्य देशको सार्वभौमसत्ताको हनन् र आन्तरिक मामलामा हुने हस्तक्षेपको विरोध गर्न आह्वान गरे । उनले अन्तर्राष्ट्रिय शान्ति रक्षाका लागि सदस्य राष्ट्रहरू एकजुट हुनुपर्ने र विश्वका संवेदनशील एवं तनावग्रस्त मुद्दाहरूको समाधानमा रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

साथै, विश्व व्यापार संगठनलाई केन्द्रमा राखेर बहुपक्षीय व्यापार प्रणालीको समर्थन गर्नुपर्ने र सबै प्रकारका संरक्षणवादलाई अस्वीकार गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरे । सात वर्षपछिको पहिलो भारत भ्रमणका क्रममा शनिवार नयाँ दिल्ली पुगेका चिनियाँ राष्ट्रपतिले आगामी वर्ष चीनले ब्रिक्सको अध्यक्षता ग्रहण गर्ने जानकारी समेत गराएका छन्।

दुई दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सन् २००६ मा भारत, रुस, चीन र ब्राजिल मिलेर स्थापना भएको यो संगठनमा सन् २०१० मा दक्षिण अफ्रिका थपिएपछि ब्रिक्स बनेको थियो । हाल ११ पूर्ण सदस्य र १० आधिकारिक साझेदार राष्ट्रहरू सम्मिलित यस संगठनको अध्यक्षता यो वर्ष भारतले गरिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ६ : १८ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा