भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप « Khabarhub

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद, पत्रकार र प्रदर्शनकारीमाथि दुर्व्यवहार गरेको विपक्षी नेता तथा पत्रकारहरूले आरोप लगाएका छन् ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन चर्किएपछि प्रहरीले नयाँदिल्लीका प्रमुख सडकमा अवरोध खडा गर्नुका साथै केही मेट्रो स्टेसन बन्द गरेको छ । भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले आफ्ना समर्थकलाई सर्वोच्च अदालततर्फ पदयात्रा गर्न आह्वान गरे । प्रहरीले मध्यदिल्लीमा लगातार तेस्रो दिन हजारौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।

मतदाता सूची संशोधनमा अनियमितता भएको आरोप लगाउँदै सुरु भएको आन्दोलनमा विपक्षी दल, विद्यार्थी समूह र अधिकारकर्मी सहभागी छन् ।

 आलोचकहरूले संशोधनबाट प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने र अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदाय प्रभावित हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै दोहोरो नाम, मृतक तथा नक्कली विवरण हटाउन संशोधन गरिएको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा हजारौँ मानिसलाई नियन्त्रणमा लिइएको थियो । हिरासतमा लिइएकामध्ये कक्रोच जनता पार्टी (सिजेपी) का तीन शीर्ष नेतासहित अधिकांश रिहा भएका छन् । विपक्षी नेताहरूले सामूहिक गिरफ्तारीमार्फत असहमतिका आवाज दबाउन खोजिएको आरोप लगाएका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का सांसद जोन ब्रिटासले आइतबार प्रहरीले आफूलाई तानेर दुर्व्यवहार गर्नुका साथै आक्रमण गरेको आरोप लगाउनुभएको छ । उहाँले घटनालाई लोकतान्त्रिक स्वतन्त्रता र विधिको शासनमाथिको आक्रमणका रूपमा व्याख्या गरेका छन्।

प्रदर्शनको समाचार सङ्कलन गरिरहेका पत्रकारहरूले समेत प्रेस परिचयपत्र देखाउँदा देखाउँदै नियन्त्रणमा लिइएको बताएका छन् । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार सप्ताहान्तमा कम्तीमा १६ जना पत्रकार हिरासतमा परेका थिए ।

राहुल गान्धीले समर्थकहरूलाई नडराउन आग्रह गर्दै आन्दोलन जारी राख्ने बताएका छन्। सिजेपीका नेताहरूले मुख्य निर्वाचन आयुक्त कुमारले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मतदाता सूची संशोधनका क्रममा १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएका छन् । यसले प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा महत्त्वपूर्ण राजनीतिक चुनौती खडा गरेको छ । निर्वाचन अधिकारीहरूले भने सूचीबाट गलत विवरण हटाउनु नै संशोधनको उद्देश्य रहेको दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : १२ बजे

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्