काठमाडौं- भारतले ग्रेटर नोइडा क्षेत्रमा पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) बाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना गरेको छ । भारतको सरकारी चिकित्साविज्ञान प्रतिष्ठानले पहिलो पटक एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
विज्ञहरुले यस केन्द्र स्थापना भएसँगै छिट्टै रोगहरुको पहिचान गर्न सकिने जनाएका छन् । केन्द्रले क्यान्सर, मुटु, मिर्गौला र कलेजोमा देखिने रोगको निदान र उपचारमा सघाउ पुर्याउनेछ ।
टाइम्स अफ इण्डियाका अनुसार यस स्वास्थ्य केन्द्रले एआईलाई अनुवाशिंक स्क्रिनिङसँग मिलाएर शुरुवाती अवस्थामै रोगको पहिचान गर्नेछ । त्यसबाहेक रक्तपरीक्षणको विश्लेषण गर्ने र उपचारको पनि पूर्वजानकारी दिनेछ ।
प्रतिष्ठानका निर्देशक ब्रिगेडियर डा. राकेश कुमार गुप्ताले यस स्वास्थ्य केन्द्रले एआईको मद्दतबाट विभिन्न किसिमका रोगको निदान गर्ने जानकारी दिए । उनका अनुसार यसबाट स्वास्थ्यसेवामा नयाँ अवसर पनि सिर्जना हुनेछ ।
खासगरी स्वास्थ्य सेवामा काम गर्न चाहने स्टार्टअपहरुलाई यसले थप अवसर प्रदान गर्नेछ । अहिले स्वस्थ्य क्षेत्रमा बिरामी र चिकित्सक दुबै पक्षले प्रविधिको उपयोग चाहेका छन् ।













प्रतिक्रिया