इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला « Khabarhub

इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानमा रहेको एउटा इटालियन सैन्य आधार शिविरमा आक्रमण भएको छ । गएराति इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधार शिविरमा हवाई आक्रमण भएको इटालीका रक्षा अधिकारीहरूले बताएका छन् ।

रोयटर्सका अनुसार उक्त आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन । मन्त्रालयका स्रोतहरूले जानकारी दिए अनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलस्थित उक्त सैन्य शिविरमा एउटा ड्रोन खस्दा सैन्य सवारी साधन पूर्ण रूपमा ध्वस्त भएको छ ।

इटालीले सोही स्थानमा रहेर कुर्दिश सुरक्षा बलहरूलाई तालिम दिँदै आएको छ । अधिकारीहरूका अनुसार उक्त ड्रोनले आधार शिविरलाई नै लक्षित गरेको नभई उचाइ गुमाएपछि दुर्घटनावश त्यहाँ खसेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ३ : ४४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार