होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार « Khabarhub

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार भएको छ ।

जर्मन जहाज कम्पनी ‘ह्यापाग-ल्योड’ का अनुसार ‘सोर्स ब्लेसिङ’ नामक कन्टेनर जहाज रणनीतिक रूपमा महत्वपूर्ण मानिने उक्त जलमार्ग नजिकै यात्रा गरिरहेको आक्रमण भएको हो ।

कम्पनीले जनाए अनुसार जहाजमा प्रत्यक्ष प्रहार नभए पनि क्षेप्यास्त्रका अवशेषहरू खस्दा जहाजमा आगलागी भएको थियो ।

विश्वको ठूलो कन्टेनर जहाज कम्पनीमध्येको एक ह्यापाग-ल्योडले हाल उक्त आगलगी नियन्त्रणमा आइसकेको र चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको जनाएको छ ।

पश्चिम एशियामा बढ्दो युद्धका कारण यस कम्पनीले खाडी क्षेत्रका सबै कार्गो बुकिङहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने घोषणा गरेको भोलिपल्टै यो आक्रमण भएको हो ।

यसअघि अर्को ठूलो जहाज कम्पनी माएर्स्कले पनि सुरक्षाको कारण देखाउँदै यस्तै कदम चालिसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : ०३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार