रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश « Khabarhub

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।

साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । सर्वोच्च अदालतले कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्र र नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ।

निर्वाचन आयोगले किशोरी शाहको उम्मेदवारी खारेज गरेर नेकपाका मातृका यादवलाई आज बिहान विजयी घोषणा गरेको थियो।

साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. १२ बस्ने साहको उम्मेदवारी खारेज भएपछिको निर्वाचनमा रास्वपाको घण्टी चुनाव चिह्नमा करिब २३ हजार मत खसेको थियो ।

तर आयोगले साहको उम्मेदवारी खारेज भइसकेकाले १० हजार मत ल्याएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी घोषित गरेर प्रमाण पत्र पनि दिएको छ। उनलाई बिहीबार मात्रै आयोगले आफ्नो वेबसाइटमा विजयी घोषित गरेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ६ : १२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग