होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी « Khabarhub

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य बन्द रहिरहने घोषणा गरेका छन् । सर्वोच्च नेताका रुपमा नियुक्त भएपछि आफ्नो पहिलो सन्देश जारी गर्दै आयातोल्लाह मोज्ताबा खामेनीले इरानका दुश्मनलाई दबाब दिनका लागि होर्मुज जलडमरुमध्य बन्द रहिरहने घोषणा गरेका हुन् ।

आफ्नो सन्देशमा उनले अमेरिकालाई पश्चिम एशिया क्षेत्रमा रहेका आफ्ना सैन्य अखडा तत्काल बन्द गर्न समेत चेतावनी दिएका छन् । नत्र इरानले ती अखडामा आक्रमण गर्ने उनको भनाइ छ । उनले इरानले आफ्ना छिमेकीसँग सम्बन्ध सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले आफ्ना सबै छिमेकी मुलुकसँग इरानले मित्रता चाहेपनि ती मुलुकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणलाई निरन्तता दिने उल्लेख गरेका छन् । राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्दै सर्वोच्च नेता खामेनीले आफ्नो देशका लागि ज्यान दिने शहीदको रगतको बदला लिइने दृढता व्यक्त गरेका छन् ।

उनले सन्देशमा आफ्नो देशको सेनालाई धन्यवाद समेत दिएका छन् । उनले दबाब र आक्रमणका बेला इरानलाई जोगाएर सेनाले उत्कृष्ट कार्य गरेको बताएका छन् ।

सन्देशमा उनले इराक र यमनमा रहेका लडाकु समूहहरु पनि यस युद्धमा सहभागी हुने घोषणा गरे । उनले पछिल्लो युद्धका क्रममा क्षति भएकाहरुलाई मुआब्जा दिइनुपर्ने माग पनि अघि सारेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ७ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार