आजका समाचार : मन्त्रिपरिषद्का सदस्यले सार्वजनिक गरे सम्पत्ति, प्रधानमन्त्रीको खातामा १ करोड ४६ लाख, श्रीमतीसँग १९० तोला गहना, कांग्रेस दलको नेता वैशाख ४ मा छानिने र वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा « Khabarhub

आजका समाचार : मन्त्रिपरिषद्का सदस्यले सार्वजनिक गरे सम्पत्ति, प्रधानमन्त्रीको खातामा १ करोड ४६ लाख, श्रीमतीसँग १९० तोला गहना, कांग्रेस दलको नेता वैशाख ४ मा छानिने र वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका थिए ।

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छान्ने भएको छ।

कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीले वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको बताए ।

‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउने तयारी गरेका छौँ’, उनले भने, ‘वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुनेछ । त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुन्छ।’

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

लागूपदार्थ खाएर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा भएको निधनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत् जारी गरेको सन्देशमा आशा भोस्लेको कालजयी स्वर र लामो संगीत यात्राले विश्वभरका लाखौं श्रोताहरूलाई प्रभावित गरेको उल्लेख गरिएको छ।

नेपालमा समेत उनका गीतहरू अत्यन्त लोकप्रिय रहेको स्मरण गर्दै दूतासावले भनेको छ, ‘उनले नेपाली गीतहरू पनि गाएकी थिइन् । जसबाट सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन भूमिका खेलेको थियो ।’

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता निष्कर्षविहीन भएपछि दुई साताका लागि तय भएको युद्धविराम अब अन्यौलमा परेको छ । शनिबार दिनभर र आइतबार बिहानसम्म २१ घण्टा भएको वार्ता असफल भएसँगै दुई देशबीच फेरि युद्ध चर्किने जोखिम बढेर गएको छ ।

शान्ति वार्तापछि आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा अमेरिकी टोलीका मुख्य वार्ताकार उपराष्ट्रपति जेडी भान्सले परमाणु हतियारको विषयमा ठोस सहमति जुट्न नसकेको जानकारी दिए ।

शान्ति वार्तामा इरानले हर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कायम हुनुपर्ने अडान पनि राखेको थियो । यस विषयमा पनि अमेरिकी पक्षले सकारात्मक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मुख्य यी दुई बुँदामा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ०६ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको