पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो घटना लक्की मारवत जिल्लामा भएको थियो । उक्त क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा रहेको प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको स्रोतले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले बताएको छ । विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ ।

अनुसन्धानका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको जनाइएको छ भने, विस्फोट पछि बम डिस्पोजल टोली घटनास्थलमा पुगेर विस्फोटको प्रकृति निर्धारण भइरहेको छ । घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ, भने अहिलेसम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ४७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी