अर्थसंक्षेप : अर्थ मन्त्रालयका ३० दिने कार्यप्रगति सार्वजनिक, नीति तथा कार्यक्रमको चर्को आलोचना र नेप्से ३९ अंकले ओरालोतिर « Khabarhub

अर्थसंक्षेप : अर्थ मन्त्रालयका ३० दिने कार्यप्रगति सार्वजनिक, नीति तथा कार्यक्रमको चर्को आलोचना र नेप्से ३९ अंकले ओरालोतिर


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका महत्त्वपूर्ण कार्यबारे संसदीय समितिलाई जानकारी दिएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उनले आर्थिक नीति तथा कानुन, सुशासन र प्रशासनिक सुधार, बजेट तथा सरकारी वित्त व्यवस्थापनलगायत विषयमा यसबीचमा महत्त्वपूर्ण काम भएको उल्लेख गरे।

उनले पदबहालीपछिका ३० दिनमा दुई सय २६ निर्णय भएको र दैनिक औसतमा सात दशमलव ५३ निर्णय गरिएको बताए।

अर्थमन्त्री डा। वाग्लले दिएको जानकारीअनुसार यसबीचमा नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरिएको छ । यस्तै, निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरणलगायत नयाँ विधेयक वा विद्यमान कानुन संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक–कानुनी सुधारको मार्गचित्रको मस्यौदा तयार भएको छ।

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’

सुशासन र प्रशासनिक सुधार

नेप्से परिसूचक ३९ दशमलव ४४ अंकको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ । कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ । नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसआइबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए ।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् । कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ । यस्तै, पाँच कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ ।

निर्माण सुरु भएको १२ वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने पुल बनाउन सडक डिभिजन कार्यालयले निर्माण कम्पनी ‘मृत सञ्जीवनी निर्माण सेवा’सँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा जनाइएको छ ।

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भेरी नदीमा निर्माणाधीन पुलहरूको काम अझै अलपत्र

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर






प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ७ : ०९ बजे

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा

बाजुरामा ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा

आईपीएल : गुजरातको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९