टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते « Khabarhub

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । 

स्थानीय प्रहरीका अनुसार घटनामा सङ्लग्न आशङ्कित आक्रमणकारी अझै फरार छन् ।

टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । 

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रहरीले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी व्यापक अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार गोलीकाण्ड सेन्ट क्लेर एभिन्यूमा सञ्चालन भइरहेको साल्सा महोत्सवका क्रममा भएको हो ।

ओन्टारियोका प्रिमियर डग फोर्डले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई ‘अर्थहीन हिंसा’को सङ्ज्ञा दिएका छन् । उनले घटनामा दुई जनाको ज्यान गएको र अन्य व्यक्ति घाइते भएको उल्लेख गरे ।

यो घटना गत महिनाको अन्त्यतिर मन्ट्रियलमा भएको गोलीकाण्डको केही समयपछि भएको हो । 

उक्त घटनामा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीको कारबाहीमा आक्रमणकारी मारिएका थिए ।

यसअघि फेब्रुअरीमा क्यानडाको पश्चिमी खानी सहर टम्बलर रिजस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । 

उक्त घटनामा आक्रमणकारीले आफ्नी आमा र सौतेनी भाइको हत्या गरेकी थिइन् भने २७ जना घाइते भएका थिए । त्यसपछि उनले आत्महत्या गरेकी थिइन् । रासस

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १२ : ०४ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका