पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह « Khabarhub

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उक्त आग्रह जुन २०२६ मा भएको ‘इस्लामाबाद समझदारीपत्र’ (एमओयू) मा गरिएको सहमतिअनुरूप रहेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, दारले आइतबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए । वार्ताका क्रममा दारले विवाद समाधानका लागि संवाद र कूटनीति नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिए ।

उनले क्षेत्रीय शान्ति प्रवद्र्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहोर्‍याएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ३ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी