तीन विद्यालयलाई शैक्षिक सहयोग « Khabarhub

तीन विद्यालयलाई शैक्षिक सहयोग


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा दुर्गमका तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ ।

नागार्जुन नगरपालिका–२, काठमाडौँस्थित स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलमा आज आयोजित कार्यक्रममा बाजुराको लक्ष्मी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका–१० लाकुरीभञ्ज्याङस्थित कालीदेवी माध्यमिक विद्यालय तथा वासुकी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

लक्ष्मी माध्यमिक विद्यालय बाजुरालाई २२७ थान न्यानो कपडा, एक थान ‘साउन्ड सिस्टम’, पाँच थान ड्रम तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । 

साथै ललितपुर महालक्ष्मी नगरपालिकाका कालीदेवी र वासुकी माध्यमिक विद्यालयसँग शैक्षिक सहकार्य गर्ने घोषणा गर्दै विद्यार्थीको अतिरिक्त तथा सहपाठ्य क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि तथा खेलकुद विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने रु पाँच लाखको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनकराज गिरी, स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलका संस्थापक अध्यक्ष तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, विद्यालय निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा केसी, प्राइम कमर्सियल बैंकका प्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा बाजुरा र लाँकुरीभञ्ज्याङबाट आएका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा गुणस्तरीय, समावेशी तथा रूपान्तरणकारी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, विद्यालयबीच सहकार्य, ज्ञान आदानप्रदान र साझेदारीको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा सहभागी अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : १३ बजे

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा