अमेरिका बस्ने पास्टरमाथि ईशनिन्दाको आरोप लागेपछि हिंसा भड्किने डरले पाकिस्तानमा दुई दर्जन इसाई परिवार विस्थापित « Khabarhub

अमेरिका बस्ने पास्टरमाथि ईशनिन्दाको आरोप लागेपछि हिंसा भड्किने डरले पाकिस्तानमा दुई दर्जन इसाई परिवार विस्थापित


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा बस्दै आएका एक पास्टरमाथि ईशनिन्दाको आरोप लागेपछि पाकिस्तानमा हिंसा भड्किने डरले दुई दर्जनभन्दा बढी इसाई परिवार घर छोडेर भाग्न बाध्य भएका छन् । पञ्जाब प्रान्तको गुरजनवाला डिभिजन अन्तर्गत पर्ने हाफिजबादका मानव अधिकारकर्मी जोसेफ नय्यरका अनुसार गत जुलाई ३ मा स्थानीय मस्जिदका लाउडस्पिकरहरूबाट पास्टर सजील रोबिनको विरोधमा भाषण बजाइएपछि गरिएपछि झुलन गाउँमा तनाव बढेको हो ।

पास्टर रोबिन सोही गाउँका मूल निवासी हुन् र हाल अमेरिकामा बसोबास गर्छन्। उनीमाथि सामाजिक सञ्जालमा इस्लाम धर्म र पैगम्बर मोहम्मदविरुद्ध आपत्तिजनक भिडियोहरू पोस्ट गरेको आरोप लगाइएको छ। मानव अधिकारकर्मी नय्यरका अनुसार केही वर्षअघि अमेरिका सरेका पास्टर सजील रोबिनले मुस्लिम समुदायसँगका धार्मिक बहस र इस्लाम सम्बन्धी छलफलका भिडियोहरू बारम्बार पोस्ट गर्ने गर्थे ।

गाउँमै बस्ने उनका काका शमाउन मसिह र भाइ नबिल रोबिनले ती भिडियोहरू ह्वाट्सएप ग्रुपहरूमा सेयर गरेका थिए। यो कुरा स्थानीय धर्मगुरुहरूले थाहा पाएपछि उनीहरूले मस्जिदका लाउडस्पिकरहरूबाट सो सामग्रीलाई ‘ईशनिन्दा’ ठहर गर्दै त्यसविरुद्ध कदम चाल्न सर्वसाधारणलाई आह्वान गरेका थिए।

झुलन गाउँमा करिब ३५ देखि ४० क्रिश्चियन परिवार बस्दै आएका छन् । मस्जिदबाट घोषणा भएलगत्तै कोट लधा प्रहरी चौकीका अधिकारीहरू गाउँ पुगेर सम्भावित हिंसाबाट बच्न क्रिश्चियन बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान सल्लाह दिएका थिए । प्रहरीको चेतावनीपछि अधिकांश क्रिश्चियन परिवारहरू आफूले बोक्न सक्ने सामान मात्र लिएर गाउँबाट भागेका छन्।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : ०० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार