पाकिस्तानद्वारा अफगानिस्तानमा धेरै सर्वसाधारण मारिएको आरोप खारेज « Khabarhub

पाकिस्तानद्वारा अफगानिस्तानमा धेरै सर्वसाधारण मारिएको आरोप खारेज


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा भएको सैन्य कारबाहीका क्रममा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको भन्ने संयुक्त राष्ट्रसंघीय निकायको प्रतिवेदनलाई पाकिस्तानले पूर्ण रूपमा अस्वीकार गरेको छ। राष्ट्रसंघीय मिसनले अफगानिस्तानमा पाकिस्तानसँगको द्वन्द्वका कारण सयौँ सर्वसाधारणको मृत्यु भएको तथ्य सार्वजनिक गरेपछि पाकिस्तानी सेनाले त्यसलाई आधारहीन बताएको हो।

पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले काबुललगायतका क्षेत्रमा गरिएको कारबाहीमा केवल लडाकुहरूलाई मात्र निशाना बनाइएको दाबी गर्दै ती कारबाहीहरू पाकिस्तानमा हुने आतंकवादी हमला रोक्नका लागि गरिएको आत्मरक्षात्मक कदम भएको स्पष्ट पारेका छन् । पाकिस्तानले आफ्नो देशमा आतंक फैलाउन जिम्मेवार रहेको तेहरिक-ए-तालिबान पाकिस्तान अर्थात् टीटीपीलाई लक्षित गरेर मात्रै कारबाही चलाएको दाबी गर्दै आएको छ ।

सन् २०२१ मा अफगान तालिबान सत्तामा आएदेखि नै पाकिस्तानले अफगानिस्तानले पाकिस्तानविरोधी लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले भने यसलाई लगातार अस्वीकार गर्दै आएको छ। दुई देशबीच पछिल्लो समय सीमापार आक्रमण र हवाई हमलका घटनाहरू बढेसँगै तनाव गहिरिँदै गएको छ र यसले कतार तथा टर्कीले गरेका युद्धविरामका प्रयासहरूलाई समेत असफल बनाइदिएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघीय मानव अधिकार अधिकारीहरूले भने राजधानी काबुलस्थित एक पुनस्थापना केन्द्र र पक्तियामा भएको आक्रमणमा स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरूसमेत प्रभावित भएको उल्लेख गर्दै यी घटनाहरू युद्ध अपराधको दायरामा आउन सक्ने चेतावनी दिएका छन्। पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले अफगानिस्तानले भारतसँग सम्बन्ध सुधार गरेको कारण परिस्थिति थप बिग्रिएको आरोप लगाएका छन् भने पाकिस्तानी अधिकारीहरूले राष्ट्रसंघीय प्रतिवेदनलाई दोहोरो मापदण्डयुक्त र पूर्वाग्रही भएको बताएका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १२ : २९ बजे

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन