मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ? « Khabarhub

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी भएनन्।

सात वर्षपछि पहिलो पटक ब्रिक्स सम्मेलनका लागि सी शनिबार भारतको भ्रमणमा आएका थिए । उनी आइतबार बेइजिङ फिर्ता भइसकेका छन्।

उनले ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै मोदीसँग भेटवार्ता पनि गरे। तर, साँझ मोदीले ब्रिक्स सदस्य राष्ट्रका नेताहरूका लागि आयोजना गरेको रात्रिभोजमा सहभागी भएनन्

सी रात्रिभोजमा सहभागी नभएकोबारे चिनियाँ वा भारतीय पक्षले औपचारिक रूपमा कुनै कारण सार्वजनिक गरेका छैनन्। भारतीय समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै आएका विवरणअनुसार सी रात्रिभोजमा जानुको सट्टा होटलमा आराम गर्न फर्किएका थिए।

सी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका थिए। त्यसपछि उनले दिउँसो करिब २ बजे सुरू भएको ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाए। सम्मेलनका क्रममा मोदीसँग उनको भेटवार्ता भएको थियो। भारत र चीनबीच द्विपक्षीय सम्बन्ध सुधारका प्रयास भइरहेका बेला भएको उक्त भेटलाई विशेष चासोका साथ हेरिएको थियो ।

रात्रिभोजमा सीको अनुपस्थिति भने विशेष रूपमा चर्चामा आएको छ। अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान पनि रात्रिभोजमा सहभागी भएनन्। तर, उनको अनुपस्थितिको कारण पहिल्यै स्पष्ट थियो। उनले दिनभर ब्रिक्स सम्मेलनमा सहभागी भएपछि यूएई फर्किएका थिए।

को-को सहभागी भए?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित ब्रिक्सका अन्य नेताहरू मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।

भारतका गृहमन्त्री अमित शाह, अर्थमन्त्री निर्मला सीतारमण, वाणिज्यमन्त्री पीयूष गोयल, सञ्चारमन्त्री अश्विनी वैष्णव र कृषिमन्त्री शिवराज सिंह चौहान पनि रात्रिभोजमा सहभागी भए। लोकसभा सभामुख ओम बिरला पनि कार्यक्रममा उपस्थित थिए।

त्यस्तै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, पश्चिम बंगालका सुवेन्दु अधिकारी र असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमा पनि रात्रिभोजमा सहभागी भए।

भारतले सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा ब्रिक्सका ११ सदस्य राष्ट्र र १० साझेदार राष्ट्रका नेतासहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी छन्।

सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रबीच सहकार्य सुदृढ गर्ने तथा विश्व र क्षेत्रीय स्तरका महत्वपूर्ण विषयमा छलफल भइरहेको छ। सदस्य राष्ट्रले संयुक्त वक्तव्य निकाल्ने तयारी पनि गरिरहेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १२ : ४२ बजे

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि