बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए « Khabarhub

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण मृत्यु भएकी महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले चार दिनअघि सिर्खालीबाटै पाँचजना स्थानीयबासीलाई पक्राउ गरेको खुलेको छ। पक्राउ पर्नेमा बिदुर नगरपालिका-३ का दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एक्वाल हवारीले पक्राउ परेका पाँचैमाथि ती महिलाको शवबाट सुनका गहना निकालेको आरोपमा अनुसन्धान भइरहेको बताए। जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान पनि अघि बढेको उनले बताए ।

प्रहरीले अनुसन्धान थालिरहँदा उनीहरूलाई छुटाउन केही राजनीतिक दलका नेताले दबाबसमेत दिएका छन् । भोटेकोशी बाढीपछि शवबाट चितवनमा पनि गहना चोरी भएको थियो ।

गत भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क क्षेत्रबाट शवबाट गहना झिक्ने मदन गुरुङ र उमेश चौधरी पक्राउ परेका थिए।

भदौ १० को बाढीपछि नुवाकोटमा पनि शव भेटिने क्रममा जारी छ। नेपाल प्रहरीका अनुसार विदुर नगरपालिका–३ मा भोटेकोशी बाढीमा मृत्यु भएकी महिलाको शव भेटिएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ५ : ०० बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता