आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु « Khabarhub

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल मार्फत् उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताए ।

सुनारले आफू र काल्पनिक महिलाबीचको संवाद भन्दै अडियो सार्वजनिक गरिएको उल्लेख गर्दै त्यस्ता प्रचार एआईलगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन् । आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा रहेको उनको भनाइ छ ।

आफूमाथि उठेका प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै उनले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भनेका छन् ।

सुनारले यस्ता प्रचार र भ्रममा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् ।

सोमबार जनआस्थाले उनको एक महिलासँगको अडियो संवाद सार्वजनिक गरेको थियो । त्यसपछि उनमाथि हाल पार्टीले छानबिन सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ११ : १८ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट