स्विस राष्ट्रपतिलाई भारतमा भव्य स्वागत « Khabarhub

स्विस राष्ट्रपतिलाई भारतमा भव्य स्वागत


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- व्यापार र लगानीका विषयमा द्विपक्षीय वार्ता गर्न भारत भ्रमणमा पुगेका स्विस राष्ट्रपति गाइपार्मेलिनलाई भव्य स्वागत गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति पार्मेलिनले यो तीन दिने भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । स्विट्जरल्याण्ड, नर्वे, आइसल्याण्ड र लिचटेन्स्टाइन समावेश चार सदस्यीय युरोपेली समूहसँग व्यापार सम्झौता भएको एक वर्षपछि यो भ्रमण भएको हो। सोही सम्झौताअन्तर्गत युरोपेली स्वतन्त्र व्यापार संघले आगामी १५ वर्षमा भारतमा एक खर्ब अमेरिकी डलर लगानी गर्ने लक्ष्य राखेको छ।

उक्त सम्झौताले भन्सार शुल्क कटौती गरेर भारतीय कम्पनीहरूलाई ती चार बजारमा सामान बिक्री गर्न सहज बनाउनुका साथै विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको र तीव्र गतिमा बढिरहेको प्रमुख अर्थतन्त्र भारतमा युरोपेली कम्पनीहरूको पहुँचलाई अझ व्यापक बनाएको छ। पत्रकारहरूसँग कुरा गर्दै पार्मेलिनले आफूहरूले अहिलेसम्म हासिल गरेका उपलब्धिहरूको उत्सव मनाउने र संयुक्त भविष्यको रूपरेखा तयार पार्ने यो सही समय भएको बताए । यसअघि उनी गत फेब्रुअरीमा नयाँदिल्लीमा आयोजित कृत्रिम बौद्धिकतासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन भारत आएका थिए ।

युक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विट्जरल्याण्डमा भारतका निर्यात वस्तुहरूको बजार पहुँच बढाउन र दुई देशबीचको लगानी प्रक्रियालाई अझ सहज बनाउन धेरै महत्त्वपूर्ण निर्णयहरू गरिएको जानकारी दिए। यसले स्विट्जरल्याण्डमा भारतका कृषि, औषधि, कपडा र इन्जिनियरिङ वस्तुहरूको निर्यातमा वृद्धि गर्नेछ।

साथै यसले जैविक प्रविधि, जीवन विज्ञान, बैंकिङ, बीमा, खाद्य प्रशोधन र दिगोपनाजस्ता भारतका महत्त्वपूर्ण क्षेत्रहरूमा नयाँ स्विस लगानी आकर्षित गर्नेछ। सोही अवसरमा दुई सरकारबीच सोमबार एक गतिशीलता सम्झौतामा पनि हस्ताक्षर भएको छ, जसले भारतीय विद्यार्थी र पेसाकर्मीहरूका लागि स्विट्जरल्याण्डमा थप अवसरहरूको ढोका खुल्ने प्रधानमन्त्री मोदीले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ३५ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत