पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमण युद्ध अपराध हुनसक्छ : राष्ट्रसंघीय विशेष दूत « Khabarhub

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमण युद्ध अपराध हुनसक्छ : राष्ट्रसंघीय विशेष दूत


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले अफगानिस्तानका विभिन्न भागमा गरेको सैन्य आक्रमणमा महिला तथा बालबालिकासहित सर्वसाधारण मारिएको घटना युद्ध अपराध हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघका विशेष दूतले निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन् । अफगानिस्तानमा मानव अधिकारको अवस्था सम्बन्धी राष्ट्रसंघीय विशेष दूत रिचर्ड बेनेटले पाकिस्तानी सैन्य आक्रमणका पीडित तथा तिनका परिवारले न्याय पाउनुपर्ने र सर्वसाधारणलाई निशाना बनाएकोमा पाकिस्तानलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् । बिबिसीसँग कुरा गर्दै उनले यस घटनाको छानबिनका लागि अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) र राष्ट्रसंघीय स्वतन्त्र अनुसन्धान संयन्त्रले कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

काबुलस्थित ‘उम्मेद क्याम्प’ लागुऔषध उपचार केन्द्रमा पाकिस्तानी हवाई हमला भएको सात महिना बितिसक्दा पनि पीडित परिवारजन न्यायको पर्खाइमा छन्। आक्रमणमा आफ्ना २४ वर्षीय छोरा गुमाएका ५४ वर्षीय इमाम जान लगायत पीडितका आफन्तहरूले पाकिस्तानमाथि अन्तर्राष्ट्रिय अदालतमा मुकदमा चलाउन र कडा कारबाही गर्न विश्व समुदायसँग आग्रह गरेका छन्। कानुनी तथा राजनीतिक विश्लेषकहरूले पनि सर्वसाधारण, अस्पताल र स्वास्थ्य संस्थामाथि गरिएका नियतवश आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुन र रोम विधानको धारा ८ अनुसार युद्ध अपराध ठहरिने भन्दै पाकिस्तानमाथि प्रतिबन्ध र क्षतिपूर्तिको माग गरेका छन्।

संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा) को तथ्यांक अनुसार सन् २०२६ जनवरी १ देखि अक्टोबर १ सम्ममा पाकिस्तानको सीमापार आक्रमणमा परी १,१०० भन्दा बढी अफगान सर्वसाधारणको मृत्यु वा घाइते भएका छन्। त्यसैगरी राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले सन् २०२३ देखि २०२५ को अन्त्यसम्ममा पाकिस्तानी सेनाको गोलाबारी र हवाई हमलामा परि १५९ बालबालिकाको ज्यान गएको वा घाइते भएको उल्लेख गरेको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ५१ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय