भारतले सन् २०४७ सम्म स्टिल उत्पादन क्षमतालाई झण्डै तीन गुणा बढाउने « Khabarhub

भारतले सन् २०४७ सम्म स्टिल उत्पादन क्षमतालाई झण्डै तीन गुणा बढाउने


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले सन् २०४७ सम्ममा आफ्नो स्टिल उत्पादन क्षमतालाई हालको २२ करोड मेट्रिक टनबाट बढाएर ६० करोड ४० लाख मेट्रिक टन पुर्‍याउने लक्ष्यसहितको नयाँ स्टिल नीतिको मस्यौदा सार्वजनिक गरेको छ।

सार्वजनिक परामर्शका लागि खुला गरिएको यस नीतिले उत्पादन क्षमता बढाउनुका साथै यस क्षेत्रबाट हुने कार्बन उत्सर्जन घटाउने र मुख्य कच्चा पदार्थ मानिने फलामको धूलो (आयरन ओर) तथा कोकिङ कोइलाको पहुँच सहज बनाउने रणनीति तय गरेको छ।

सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्य (नेट जिरो) बनाउने भारतको राष्ट्रिय लक्ष्यलाई सहयोग पुर्‍याउन स्टिल उद्योगको औसत कार्बन उत्सर्जन तीव्रतालाई हालको २.५४ टनबाट घटाएर १.५४ टनमा झार्ने योजना छ।

स्टिल मन्त्रालयका अनुसार सन् २०४७ सम्ममा फलामको धुलोको माग ७७ करोड २० लाख टन र कोकिङ कोइलाको माग २३ करोड ६० लाख टन पुग्ने अनुमान गरिएको छ। यो माग पूर्ति गर्न भारतले वैदेशिक सम्पत्ति खरिद, संयुक्त उपक्रम (जोइन्ट भेन्चर) र रणनीतिक विश्वव्यापी पहुँचमार्फत कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने योजना बनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ५१ बजे

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान