काठमाडौं- भारत सरकारले सन् २०४७ सम्ममा आफ्नो स्टिल उत्पादन क्षमतालाई हालको २२ करोड मेट्रिक टनबाट बढाएर ६० करोड ४० लाख मेट्रिक टन पुर्याउने लक्ष्यसहितको नयाँ स्टिल नीतिको मस्यौदा सार्वजनिक गरेको छ।
सार्वजनिक परामर्शका लागि खुला गरिएको यस नीतिले उत्पादन क्षमता बढाउनुका साथै यस क्षेत्रबाट हुने कार्बन उत्सर्जन घटाउने र मुख्य कच्चा पदार्थ मानिने फलामको धूलो (आयरन ओर) तथा कोकिङ कोइलाको पहुँच सहज बनाउने रणनीति तय गरेको छ।
सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्य (नेट जिरो) बनाउने भारतको राष्ट्रिय लक्ष्यलाई सहयोग पुर्याउन स्टिल उद्योगको औसत कार्बन उत्सर्जन तीव्रतालाई हालको २.५४ टनबाट घटाएर १.५४ टनमा झार्ने योजना छ।
स्टिल मन्त्रालयका अनुसार सन् २०४७ सम्ममा फलामको धुलोको माग ७७ करोड २० लाख टन र कोकिङ कोइलाको माग २३ करोड ६० लाख टन पुग्ने अनुमान गरिएको छ। यो माग पूर्ति गर्न भारतले वैदेशिक सम्पत्ति खरिद, संयुक्त उपक्रम (जोइन्ट भेन्चर) र रणनीतिक विश्वव्यापी पहुँचमार्फत कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने योजना बनाएको छ।














प्रतिक्रिया