कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने « Khabarhub

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता-कार्यकर्तलाई पार्टीबाटै निष्कासनसम्मको तयारी थालेको छ।

बालुवाटारमा अहिले जारी त्रिपक्षीय वार्तामा यदि सहमति नजुटेमा विशेष महाधिवेशन पक्षधरलाई निष्कासनसम्मको तयारी थालेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू सानेपा पुगिसकेका छन् । तर बालुवाटारमा त्रिपक्षीय वार्ता जारी रहेकाले उक्त बैठक अघि बढ्न सकेको छैन ।

संस्थापनले डाकेको यो बैठकलाई विशेष महाधिवेशन पक्षधरले बहिष्कारको निर्णय यसअघि नै गरिसकेको छ। वार्तामा सहमति नभएसम्म संस्थापनले बोलाएको बैठकमा नजाने अडान गगन र विश्वले राखेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका एकजना नेता दीपक खड्काले कांग्रेस संस्थापनको रणनीति सुनाउँदै गगन र विश्वसहितका नेताहरूलाई निष्कासनसम्मको तयारी भएको बताएका छन् ।

उनले सानेपामा जिल्ला सभापतिहरू जुटेर सामूहिक हस्तक्षरसहितको दबाबमुलक कार्यक्रम भइरहेको पनि जानकारी दिएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पनि हस्ताक्षर संकलन अभियान चलिरहेको खड्काले बताएका छन् । उनले भने, ‘सकेसम्म वार्ता सहमतिमै टुंगिन्छ भन्ने आशा गरेका छौँ । सानेपामा एक किसिमको तयारी भएको छ। उहाँहरू (विशेष महाधिवेशन पक्षधर)ले पार्टी छाडेपछि सामन्यतया पार्टी निष्कासन गरिन्छ ।’

उता सभापति शेरबहादुर देउवानिकट एकजना नेताले बालुवाटार वार्तामा सहमति जुट्न नसकेमा सानेपाको केन्द्रीय कार्यसमिति बैठकले गगन-विश्वसहित विशेष महाधिवेशनमा सहभागीहरूलाई निष्कासनको निर्ण हुन सक्ने बताएका छन् ।

‘हामी बालुवाटार बैठकको निर्णय कुरिरहेका छौँ । दोस्रो चरणको वार्तामा सहमति नजुटेको अवस्थामा अब निष्कासनको विकल्प छैन’, ती नेताले भने, ‘सकेसम्म सहमति जुटोस् भनेर हामी सानेपामा पर्खिरहेका छौँ ।’

देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले विशेष महाधिवेशनलाई गगन र विश्वले निर्वाचनतर्फ लगिसकेकाले अब मिल्ने सम्भावना कमजोर भएको निष्कर्ष निकालेका छन् ।

‘भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया नै सुरू भइसकेको छ। त्यो अवस्थामा अब सहमति हुने सम्भावना कमजोर भइरहेको छ’, उनले भने, ‘यद्यपि दोस्रो चरणको वार्तामा केही सकारात्मक कुरा हुने अपेक्षा गरेका छौँ । यति कुरा नमिलेन सानेपा बैठकले विशेष महधिवेशन पक्षधरलाई पार्टीबाट निष्कासनको निर्णय गर्छ ।’

यसअघि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै सचिवालय संयोजक मनोमणि आचार्यले अब रेल गुडिसकेको प्रतिक्रिया दिएका थिए ।

उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग अब कुनै हालतमा नयाँ नेतृत्व चयन प्रक्रिया नरोकिने बताएका थिए ।

‘नयाँ नेतृत्व चयनका लागि रेल गुडिसक्यो, अब रोकिन्न’, उनले भनेका थिए, ‘हामी अब निर्णायक मोडमा पुगिसकेका छौँ । अब निर्वाचन प्रक्रियाले गति लिइसकेको छ ।’

विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेपछि उद्घाटन सत्रमा भाषण दिएका डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डप छाडिसकेका छन् । भण्डारी संस्थापनको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ५१ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो