काठमाडौं- इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि पाकिस्तानको बलोचिस्तानमा प्रदर्शन भएको छ । इरानसँगको अब्दोइ नाका बन्द भएपछि बलोचिस्तानको तुर्बत क्षेत्रमा प्रदर्शन गरिएको हो ।
द बलोचिस्तान पोस्टका अनुसार तुर्बतको गुलाम नबी चोकबाट शुरु भएको प्रदर्शन शहीद फिदा चोकमा पुगेर समापन भएको थियो । सीमा क्षेत्रका अगुवा सरदार वाली यालाङजाइको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी नारा लगाउँदै ‘आर्थिक नाकाबन्दी’ को विरोध गरेका थिए ।
हप्तौँदेखि नाका बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने जनताको आर्थिक अवस्था खस्किँदै गएकोे जनाएका छन् । सो क्षेत्रमा सीमापार इन्धन र अन्य सामानको व्यापार गरेर जीविकोपार्जन गर्नेहरु सबैभन्दा बढी प्रभावित भएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।
यद्यपि प्रशासनले भने आज नभए भोलि नाका सञ्चालनमा आउने आश्वासन दिँदै आएको प्रदर्शनकारीले जनाएका छन् । तर, आश्वासनअनुसार नाका सञ्चालन नहुँदा प्रदर्शनमा उत्रिन बाध्य भएको प्रदर्शनकारीको भनाइ छ ।













प्रतिक्रिया