इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि बलोचिस्तानमा प्रदर्शन « Khabarhub

इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि बलोचिस्तानमा प्रदर्शन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि पाकिस्तानको बलोचिस्तानमा प्रदर्शन भएको छ । इरानसँगको अब्दोइ नाका बन्द भएपछि बलोचिस्तानको तुर्बत क्षेत्रमा प्रदर्शन गरिएको हो ।

द बलोचिस्तान पोस्टका अनुसार तुर्बतको गुलाम नबी चोकबाट शुरु भएको प्रदर्शन शहीद फिदा चोकमा पुगेर समापन भएको थियो । सीमा क्षेत्रका अगुवा सरदार वाली यालाङजाइको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी नारा लगाउँदै ‘आर्थिक नाकाबन्दी’ को विरोध गरेका थिए ।

हप्तौँदेखि नाका बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने जनताको आर्थिक अवस्था खस्किँदै गएकोे जनाएका छन् । सो क्षेत्रमा सीमापार इन्धन र अन्य सामानको व्यापार गरेर जीविकोपार्जन गर्नेहरु सबैभन्दा बढी प्रभावित भएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।

यद्यपि प्रशासनले भने आज नभए भोलि नाका सञ्चालनमा आउने आश्वासन दिँदै आएको प्रदर्शनकारीले जनाएका छन् । तर, आश्वासनअनुसार नाका सञ्चालन नहुँदा प्रदर्शनमा उत्रिन बाध्य भएको प्रदर्शनकारीको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ४८ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।