भेनेजुएलामा जारी तनावले भारतको आर्थिक क्षेत्रमा असर पर्दैन « Khabarhub

भेनेजुएलामा जारी तनावले भारतको आर्थिक क्षेत्रमा असर पर्दैन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेनेजुएलामा जारी तनावका कारण भारतको आर्थिक वा ऊर्जा क्षेत्रमा कुनै असर नपर्ने प्रभावशाली थिङ्क ट्याङ्कले जनाएको छ । भारतमा रहेको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) ले भेनेजुएलामा जारी तनावका कारण कुनै किसिमको प्रभाव नपर्ने प्रष्ट पारेको हो ।

भारत सन् २००० र २०१० को दशकमा भेनेजुएलाको कच्चा तेलको प्रमुख खरिदकर्ताका रुपमा रहेको जीटीआरआईले जनाएको छ । यद्यपि सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएपछि भने द्विपक्षीय साझेदारी कमजोर बन्दै गएको उक्त संस्थाको भनाइ छ ।

अमेरिकाको माध्यमिक प्रतिबन्धको जोखिमका कारण त्यसयता भारतले भेनेजुएलासँग व्यापारिक साझेदारी र तेल आयात कटौती गरेको जीटीआरआईले उल्लेख गरेको छ । परिणामस्वरुप हाल भेनेजुएलासँग भारतीय कारोबार अत्यन्त न्यून रहेको र त्यसमा अझै कमी आइरहेको उक्त संस्थालाई उद्धृत गर्दै भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले जनाएको छ ।

भेनेजुएलामा अमेरिकाले विशेष सैन्य कारवाही गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि जीटीआरआईले यसबाट भारतीय अर्थतन्त्रमा पर्ने प्रभावबारे जानकारी दिएको हो । तथ्याङ्क अनुसार सन् २०२४–२५ मा ३६ करोड ४५ लाख अमेरिकी डलर बराबरको व्यापार गरेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ४१ बजे

तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे

पाल्पा– राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।

मानव-वन्यजन्तु द्वन्द्व घटाउन नीति तथा कानुन पुनरावलोकन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका

तस्बिरमा हेर्नुहोस्, लुम्बिनीको ब्याटिङ र जनकपुरको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब