भेनेजुएलामा जारी तनावले भारतको आर्थिक क्षेत्रमा असर पर्दैन « Khabarhub

भेनेजुएलामा जारी तनावले भारतको आर्थिक क्षेत्रमा असर पर्दैन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेनेजुएलामा जारी तनावका कारण भारतको आर्थिक वा ऊर्जा क्षेत्रमा कुनै असर नपर्ने प्रभावशाली थिङ्क ट्याङ्कले जनाएको छ । भारतमा रहेको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) ले भेनेजुएलामा जारी तनावका कारण कुनै किसिमको प्रभाव नपर्ने प्रष्ट पारेको हो ।

भारत सन् २००० र २०१० को दशकमा भेनेजुएलाको कच्चा तेलको प्रमुख खरिदकर्ताका रुपमा रहेको जीटीआरआईले जनाएको छ । यद्यपि सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएपछि भने द्विपक्षीय साझेदारी कमजोर बन्दै गएको उक्त संस्थाको भनाइ छ ।

अमेरिकाको माध्यमिक प्रतिबन्धको जोखिमका कारण त्यसयता भारतले भेनेजुएलासँग व्यापारिक साझेदारी र तेल आयात कटौती गरेको जीटीआरआईले उल्लेख गरेको छ । परिणामस्वरुप हाल भेनेजुएलासँग भारतीय कारोबार अत्यन्त न्यून रहेको र त्यसमा अझै कमी आइरहेको उक्त संस्थालाई उद्धृत गर्दै भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले जनाएको छ ।

भेनेजुएलामा अमेरिकाले विशेष सैन्य कारवाही गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि जीटीआरआईले यसबाट भारतीय अर्थतन्त्रमा पर्ने प्रभावबारे जानकारी दिएको हो । तथ्याङ्क अनुसार सन् २०२४–२५ मा ३६ करोड ४५ लाख अमेरिकी डलर बराबरको व्यापार गरेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ४१ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।