काठमाडौं- भेनेजुएलामा जारी तनावका कारण भारतको आर्थिक वा ऊर्जा क्षेत्रमा कुनै असर नपर्ने प्रभावशाली थिङ्क ट्याङ्कले जनाएको छ । भारतमा रहेको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) ले भेनेजुएलामा जारी तनावका कारण कुनै किसिमको प्रभाव नपर्ने प्रष्ट पारेको हो ।
भारत सन् २००० र २०१० को दशकमा भेनेजुएलाको कच्चा तेलको प्रमुख खरिदकर्ताका रुपमा रहेको जीटीआरआईले जनाएको छ । यद्यपि सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएपछि भने द्विपक्षीय साझेदारी कमजोर बन्दै गएको उक्त संस्थाको भनाइ छ ।
अमेरिकाको माध्यमिक प्रतिबन्धको जोखिमका कारण त्यसयता भारतले भेनेजुएलासँग व्यापारिक साझेदारी र तेल आयात कटौती गरेको जीटीआरआईले उल्लेख गरेको छ । परिणामस्वरुप हाल भेनेजुएलासँग भारतीय कारोबार अत्यन्त न्यून रहेको र त्यसमा अझै कमी आइरहेको उक्त संस्थालाई उद्धृत गर्दै भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले जनाएको छ ।
भेनेजुएलामा अमेरिकाले विशेष सैन्य कारवाही गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि जीटीआरआईले यसबाट भारतीय अर्थतन्त्रमा पर्ने प्रभावबारे जानकारी दिएको हो । तथ्याङ्क अनुसार सन् २०२४–२५ मा ३६ करोड ४५ लाख अमेरिकी डलर बराबरको व्यापार गरेको थियो ।













प्रतिक्रिया