बङ्गलादेश : जनमतसङ्ग्रहमा सुधारको पक्षमा बहुमत « Khabarhub

बङ्गलादेश : जनमतसङ्ग्रहमा सुधारको पक्षमा बहुमत


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.५ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बङ्गलादेशको द डेली स्टारले उक्त सङ्ख्यामा मतदाताले सुधारको पक्षमा मत दिएको जनाएको हो । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका एजेन्डालाई जनसमर्थन प्राप्त भएको सङ्केत दिएको छ ।

आम निर्वाचनसँगै गरिएको उक्त जनमतसङ्ग्रह ‘जुलाई चार्टर’ नामक ८४ बुँदे सुधार प्रस्ताव कार्यान्वयनसँग सम्बन्धित थियो । उक्त प्रस्तावले भविष्यमा अधिनायकवादी शासन दोहोरिन नदिन संवैधानिक संरचनामा गहिरो परिवर्तन आवश्यक रहेको उल्लेख गरेको छ । डेली स्टारका अनुसार २९ लाखभन्दा बढी मतदाता सुधारको पक्षमा उभिएका छन् ।

प्रस्तावित सुधारहरूमा कार्यवाहक सरकार गठनको स्पष्ट व्यवस्था, पूर्ण स्वतन्त्र निर्वाचन आयोग स्थापना, द्विसदनीय संसद् प्रारम्भ, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण, राष्ट्रपतिको अधिकार पुनर्संरचना, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण तथा संसद्मा महिलाको प्रतिनिधित्व वृद्धि जस्ता प्रावधान समावेश छन् । प्रारम्भिक नतिजाले यी विषयमा मतदाताहरूको सकारात्मक धारणा देखाएको छ ।

निर्वाचनतर्फ प्रारम्भिक गणनाले बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) अग्रस्थानमा रहेको देखाएको छ। विभिन्न सञ्चारमाध्यमका अनुमानअनुसार २९९ प्रत्यक्ष निर्वाचित सिटमध्ये बिएनपी र उसका सहयोगीहरूले २१३ सिट जितेका छन् भने जमात र उसका साझेदारहरूले ७६ सिट प्राप्त गरेका छन् ।

यद्यपि, निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन र शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध लगाएपछि सम्पन्न भएको यो निर्वाचन तथा जनमतसङ्ग्रहलाई बङ्गलादेशको राजनीतिक पुनर्संरचनातर्फको महत्त्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : ४० बजे

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात