साप्ताहिक अर्थसंक्षेप : ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च खर्बले बढी, ‘ग्रे लिस्ट’मा चुनौतीसँगै अवसर पनि, फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने र हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ दुई उद्योग खुले « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च खर्बले बढी, ‘ग्रे लिस्ट’मा चुनौतीसँगै अवसर पनि, फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने र हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ दुई उद्योग खुले


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्ब बढी भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको माघ मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च १ खर्ब १९ अर्ब २० करोड ७६ लाख रुपैयाँले बढी देखिएको हो ।

समीक्षा अवधिमा सरकारले ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ भने ८ खर्ब १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ ।

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ साट्न सकिने 

स्टक ब्रोकरमार्फत १० प्रतिशत मार्जिन कारोबार गर्न पाइने

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत लगानीकर्ताहरूलाई उपलब्ध गराइने मार्जिन कारोबार सुविधालाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशिका, २०८०’ कार्यान्वयनमा ल्याएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले सो निर्देशिका जारी गर्दै मार्जिन कारोबारसम्बन्धी व्यवस्था ल्याएको हो । मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकृत भएको हुनुपर्ने, कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) चुक्ता पुँजीभन्दा कम नभएको हुनुपर्ने र पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्नेछ । साथै, सो सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने अनिवार्य व्यवस्था निर्देशिकाले गरेको छ ।

नेप्से परिसूचकमा झिनो गिरावट

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

‘ग्रे लिष्ट’ मा नेपाल, चुनौतीसँगै अवसर पनि

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उनले यो हाम्रा लागि अवसरका रूपमा पनि रहेको बताए ।

‘यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ’, उनले भने ।

‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।

चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्यांक सार्वजनिक गरिएको हो।

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर

वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा प्रदान गर्ने ब्याजदरमा सामान्य कटौती गरेका छन्। माघ महिनाको तुलनामा फागुनमा औसत ब्याजदर घटेको तथ्यांकले देखाएको छ, जसले बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता थप वृद्धि भएको देखिन्छ ।

माघ महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेकोमा फागुनमा यो घटेर ४.५७ प्रतिशतमा झरेको छ। यो ०.११ प्रतिशत बिन्दुको गिरावट हो। त्यसैगरी, संस्थागत निक्षेपतर्फ माघमा ३.३८ प्रतिशत रहेको औसत ब्याजदर फागुनमा ३.३३ प्रतिशतमा झरेको छ, जुन ०.०५ प्रतिशत बिन्दुको कमी हो।

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

आर्थिक गणना २०८२ को तथ्यांक संकलन आदेश स्वीकृत

सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । अहिले सम्म म्याद तीन पटक थपिएको छ ।

मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)

म्याग्दीमा साढे ३१ करोड बढीको सुन्तला उत्पादन

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ ।

विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्त बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ ।

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो

सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ । अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १४ दशमलव ०४ प्रतिशतले बजेटको आकार घटाएको हो ।

जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा त्यसलाई संशोधन गरि १६ अर्ब ८८ अर्ब ३२ करोड ६७ लाखमा झारिएको हो ।

संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सुनचाँदीको मूल्य आज पनि बढ्यो

गाईभैँसी खरिद गर्न गाउँपालिकाको अनुदान

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : १० बजे

झापा ५ मा एकै पटक सयौं एमाले कार्यकर्ता जनताका घरघरमा

झापा – नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५

सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता

जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख

बंगलादेशमा जेन-जी पत्तासाफ, नेपालमा के होला ?

काठमाडौं- बंगलादेशको चुनावमा जेन-जी नेतृत्व पत्तासाप भएको छ । सन्

टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो

काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा