ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु « Khabarhub

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ । ओमानको सोहार प्रान्तमा सुरक्षा बलले दुई वटा ड्रोन खसालेका थिए । ती ड्रोनको भग्नावशेषले लागेर दुई जनाको मृत्यु भएको अल जजीराले जनाएको छ ।

ओमानको आधिकारिक समाचार एजेन्सीका अनुसार सोहारको अल-अवाही औद्योगिक क्षेत्रमा एउटा ड्रोन खसेको थियो । यसरी ड्रोन खस्दा त्यहाँ कार्यरत दुई आप्रवासी कामदारले ज्यान गुमाएका छन् ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको सो प्रतिवेदनमा उक्त घटनामा अन्य केही व्यक्तिहरू घाइते समेत भएको उल्लेख छ ।

सोही प्रान्तमा अर्को एउटा ड्रोनलाई पनि सफलतापूर्वक खसालिएको समाचार एजेन्सीले जनाएको छ । हाल सुरक्षा निकायहरूले यस घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।

पछिल्लो समय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको ज्यान जानेगरी इजरायल र अमेरिकाले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा द्वन्द्व चर्किएको छ । द्वन्द्वका कारण ओमान, यूएई, कतार बहराइन साउदी अरब कुवेतजस्ता देश चपेटामा परेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार