इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु « Khabarhub

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक जना फ्रान्सेली सैनिकको ज्यान गएको छ । फ्रान्सेली सेनाको सासोर अल्पिन्स द भार्स रेजिमेन्ट अन्तर्गत सातौँ बटालियनका चिप वारेन्ट अफिसर आर्नो फ्रियोँको मृत्यु भएको हो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनको मृत्युको पुष्टि गर्दै यस घटनालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । म्याक्रोंले कुर्दिस्तानको राजधानी इर्बिल क्षेत्रमा तैनाथ ती सैनिकले फ्रान्सका लागि आफ्नो ज्यान अर्पण गरेको टिप्पणी गरेका छन् । सोही आक्रमणमा अन्य केही सैनिकहरू समेत घाइते भएका छन् ।

फ्रान्सेली सेना सन् २०१५ देखि आतंककारी संगठनविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनको हिस्साका रूपमा त्यस क्षेत्रमा तैनाथ छ । राष्ट्रपति म्याक्रोंले इराकमा फ्रान्सेली सेनाको उपस्थिति आतंकवाद विरुद्धको लडाइँमा मात्र सीमित रहेको प्रष्ट पार्दै इरानसँगको तनावका नाममा यस्ता आक्रमण हुनु न्यायोचित नहुने बताएका छन् ।

यसैबीच, इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूले यस आक्रमणको जिम्मेवारी लिएका छन् । ती समूहले आगामी दिनमा पनि फ्रान्सेली हितमाथि प्रहार गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय इराकमा अमेरिकी र विदेशी सेना लक्षित आक्रमणहरू तीव्र भएका छन् । पश्चिम एशियामा बढ्दो तनावलाई मध्यनजर गर्दै फ्रान्सले यसै हप्ता आफ्नो विमानवाहक युद्धपोत ‘चार्ल्स द गल’ लाई भूमध्य सागरमा तैनाथ गर्ने र साइप्रसमा थप हवाई रक्षा प्रणाली पठाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  २ : ३६ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा