प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन « Khabarhub

प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

शाहीले संसद्लाई जनताको सर्वोच्च थलो भन्दै यहाँ उठ्ने प्रश्नहरू व्यक्तिगत नभई जनताको आवाज भएको स्पष्ट पारेका छन्। उनले सत्ता छ भन्दैमा संसद्लाई नजरअन्दाज गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन्।

उनका अनुसार नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धताको दस्तावेज हो, जसको जवाफदेहिता प्रधानमन्त्री स्वयंले लिनुपर्ने हुन्छ। उनले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भई जनप्रतिनिधिहरूका प्रश्नहरूको सामना गर्नुपर्नेमा जोड दिएका छन्।

शाहीले प्रधानमन्त्री सिंहदरबारमै रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमभन्दा ठूलो कार्य सरकारका लागि अरु नहुने टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री संसद्‌मा उपस्थित नहुनु प्रश्नहरूबाट भाग्ने संकेत भएको भन्दै प्रश्न उठाएका छन्।

उनले लोकतन्त्रमा उत्तर संसदबाट खोजिनुपर्ने र सडकबाट होइन भन्ने स्पष्ट गर्दै संसद् कमजोर बनाउने होइन, अझ बलियो बनाउने राजनीतिक संस्कार आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : १७ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध