तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार « Khabarhub

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको फिल्म ‘पार्वती’ले तेस्रो सातामा ४७ लाख ८५ हजार व्यापार गरेको छ ।

तेस्रो विकेन्ड पूरा हुँदा फिल्मको व्यापार २ करोड ५ लाख पुगेको छ । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मका लागि ७३ हजार २३३ वटा टिकट खरिद-ब्रिकी भएको छ ।

यस फिल्मले दोस्रो विकेन्ड पूरा हुँदा एक करोड ५८ लाखको कमजोर व्यापार गरेको थियो । दोस्रो विकेन्ड अर्थात् सुरुवाती १० दिनको व्यापारले यो फिल्म फ्लप भएको स्पष्ट भइसकेको थियो ।

तथापि, तेस्रो सातामा पिकअप लिने झिनो सम्भावना बाँकी थियो । तेस्रो सातामा पनि यो फिल्मले कुनै चमत्कार गर्न सकेन ।

नीताको डेब्यू निर्देशन रहेको फिल्म ‘पार्वती’ बक्स अफिसमा फ्लप भएको छ । यस फिल्मको शीर्ष कलाकारमा नीता र बाल गायक अशोक दर्जी छन् ।

यो फिल्मको कथा पनि नीताकै हो । स्क्रिप्ट सुभम अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  २ : २२ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण