तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार « Khabarhub

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको फिल्म ‘पार्वती’ले तेस्रो सातामा ४७ लाख ८५ हजार व्यापार गरेको छ ।

तेस्रो विकेन्ड पूरा हुँदा फिल्मको व्यापार २ करोड ५ लाख पुगेको छ । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मका लागि ७३ हजार २३३ वटा टिकट खरिद-ब्रिकी भएको छ ।

यस फिल्मले दोस्रो विकेन्ड पूरा हुँदा एक करोड ५८ लाखको कमजोर व्यापार गरेको थियो । दोस्रो विकेन्ड अर्थात् सुरुवाती १० दिनको व्यापारले यो फिल्म फ्लप भएको स्पष्ट भइसकेको थियो ।

तथापि, तेस्रो सातामा पिकअप लिने झिनो सम्भावना बाँकी थियो । तेस्रो सातामा पनि यो फिल्मले कुनै चमत्कार गर्न सकेन ।

नीताको डेब्यू निर्देशन रहेको फिल्म ‘पार्वती’ बक्स अफिसमा फ्लप भएको छ । यस फिल्मको शीर्ष कलाकारमा नीता र बाल गायक अशोक दर्जी छन् ।

यो फिल्मको कथा पनि नीताकै हो । स्क्रिप्ट सुभम अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  २ : २२ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली