बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध « Khabarhub

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ । सुरक्षालाई कारण देखाउँदै ल्याइएको नयाँ नियमले ड्रोन तथा त्यसका पार्टपुर्जा सहरभित्र ल्याउन र अनधिकृत रूपमा उडाउनसमेत रोक लगाउनेछ ।

करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बेइजिङमा गत जुनमा एउटा सानो विमान गगनचुम्बी भवनमा ठोक्किँदा चालकको मृत्यु र अन्य १३ जना घाइते भएपछि हवाई सुरक्षाबारे चिन्ता बढेको थियो । नगर सरकारले राजधानीको सुरक्षा सुनिश्चित गर्न नयाँ व्यवस्था आवश्यक भएको जनाएको छ ।

गत मेदेखि नै बेइजिङमा ड्रोन बिक्रीमा प्रतिबन्ध लगाइएको थियो भने ड्रोनका मालिकले आफ्ना उपकरण दर्ता गर्नुपर्ने व्यवस्था थियो । नयाँ नियमअनुसार ड्रोनधनीले नोभेम्बर १५ भित्र आफ्ना उपकरण नष्ट गर्न वा सहरबाहिर लैजानुपर्नेछ ।

सरकारले त्यसका लागि पुनःखरिद तथा निःशुल्क ढुवानी सुविधा उपलब्ध गराउने भएको छ । आतङ्कवाद नियन्त्रण, कृषि, विपद् उद्धार र अनुसन्धानजस्ता विशेष प्रयोजनका लागि भने नयाँ व्यवस्थाअन्तर्गत छुट दिन सकिनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ६ : ०० बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति