विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए « Khabarhub

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए



कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ छन् ? यो प्रश्नको उत्तर खोज्दा धेरै नाम विदेशमा भेटिन्छन्।

कुनै समय दर्शकको मन जितेका कलाकारमध्ये कोही अमेरिका पुगे, कोही अस्ट्रेलिया, कोही युरोप त कोही भारतमा परिवारसहित बस्न थाले। कतिपयले विदेशमै आफ्नो व्यवसाय र पारिवारिक जीवन अघि बढाए भने कतिपयले अभिनयलाई लगभग विश्राम दिए। तर रोचक पक्ष के छ भने विदेश गएसँगै उनीहरूको कलाकारिता यात्रा पूर्ण रूपमा समाप्त भने भएको छैन।

वर्षौंसम्म क्यामेराबाट टाढा रहेका यिनै कलाकार राम्रो कथा, उपयुक्त भूमिका वा आफूलाई मन परेको प्रोजेक्ट भेटिएपछि नेपाल फर्किएका छन्। केही दिन वा केही महिना नेपाल बसेर फिल्मको काम सकेपछि फेरि विदेश फर्किने क्रम पनि देखिन्छ।

यही कारण अहिले नेपाली फिल्ममा एउटा फरक किसिमको ‘कमब्याक ट्रेन्ड’ देखिन थालेको छ- विदेशमा जीवन, नेपालमा अभिनय। यसको पछिल्लो उदाहरण हुन् हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’। टेलिभिजनका लोकप्रिय हास्य कार्यक्रममार्फत दर्शकमाझ परिचित बनेका फिस्टे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।

हिले नेपाली फिल्ममा एउटा फरक किसिमको ‘कमब्याक ट्रेन्ड’ देखिन थालेको छ- विदेशमा जीवन, नेपालमा अभिनय। यसको पछिल्लो उदाहरण हुन् हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’।

करिब ११ वर्षपछि नेपाल फर्किएका उनी यसपटक केवल भेटघाटका लागि मात्र आएका होइनन्, अभिनयसँग पनि जोडिने तयारीमा छन्। नेपाल बसाइमा पारिवारिक भेटघाट र घुमघामसँगै उनले केही फिल्ममा काम गर्ने तयारी गरेका छन्। जितु नेपालको छायांकन भइरहेको फिल्म ‘कार्की साइँला’मा उनी गेस्ट भूमिकामा देखिने बताइएको छ। त्यति मात्र होइन, आफ्नै फिल्म निर्माण गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्। २०८४ सालमा फिल्म रिलिज गर्ने लक्ष्य राखेर तयारी भइरहेको उनको भनाइ छ। यसले एउटा कुरा प्रस्ट पार्छ- विदेशको व्यस्त जीवनले फिस्टेलाई अभिनयबाट पूर्ण रूपमा अलग गर्न सकेन।

अमेरिकामै रहेर नेपाली फिल्मसँग पुनः जोडिएकी अभिनेत्री पूजा चन्दको कथा अझ लामो छ। कुनै समय नेपाली फिल्मकी चर्चित अभिनेत्रीका रूपमा स्थापित चन्द विवाहपछि अमेरिकाको बाल्टिमोरमा परिवारसहित बस्दै आएकी छन्। लामो समय अभिनयबाट टाढा रहेकी उनी करिब १९ वर्षपछि नेपाली फिल्ममा फर्किइन्।

निर्देशक विनोद पौडेलको ‘भूठान’मार्फत पर्दामा पुनरागमन गरेकी पूजा त्यसअघि सन् २००४ मा रिलिज भएको ‘मनको टुक्रा’मा देखिएकी थिइन्। अर्थात्, उनको कमब्याक सामान्य अन्तरालपछि भएको होइन, झन्डै दुई दशकपछि भएको थियो। त्यसपछि ‘तेल भिसा’मा पनि उनको उपस्थिति देखियो। यसरी हेर्दा पूजाको जीवनमा विदेशले नयाँ अध्याय थपे पनि नेपाली फिल्मसँगको सम्बन्ध भने पूर्ण रूपमा टुटेन।

अमेरिकामै रहेर नेपाली फिल्मसँग पुनः जोडिएकी अभिनेत्री पूजा चन्दको कथा अझ लामो छ। कुनै समय नेपाली फिल्मकी चर्चित अभिनेत्रीका रूपमा स्थापित चन्द विवाहपछि अमेरिकाको बाल्टिमोरमा परिवारसहित बस्दै आएकी छन्।

हास्यकलाकार नारायण त्रिपाठीको यात्रा पनि कम रोचक छैन। ‘ट्वाक्क टुक्क’ लगायतका कार्यक्रमबाट लोकप्रिय बनेका त्रिपाठी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। सन् २००५ मा ‘मनमा माया’मा अभिनय गरेपछि उनले फिल्मबाट लामो विश्राम लिए। करिब दुई दशकपछि उनी फेरि ‘चमेलीको पोइ’मार्फत फिल्ममा फर्किने तयारीमा छन्। अर्थात्, विदेशमा बसाइँ सरेपछि पनि उनीहरूको कलाकार पहिचान मेटिएको छैन। बरु लामो अन्तरपछि पर्दामा फर्किँदा पुराना दर्शकले उनीहरूलाई फेरि सम्झिने मौका पाएका छन्।

यस्तै पुनरागमनको अर्को चर्चित नाम हो निरुता सिंह। नेपाली फिल्ममा लामो समयसम्म लोकप्रिय अभिनेत्रीका रूपमा स्थापित निरुता विवाहपछि मुम्बईमा बस्दै आएकी छन्। तर नेपाल र नेपाली फिल्मसँगको उनको सम्बन्ध भने कायमै छ। ‘३६ को आँकडा’का लागि मुम्बईबाट नेपाल आएकी निरुताले अब नेपाली फिल्मबाट टाढा नरहने संकेत गरेकी थिइन्। त्यसपछि उनको कमब्याक फिल्म ‘सारथी’ पनि चर्चामा आयो। ‘दाल भात तरकारी’पछि करिब सात वर्षको अन्तरमा उनी फेरि मुख्य भूमिकामा देखिन लागेकी हुन्।

विपना थापाको कथा पनि विदेश बसाइपछि नेपाली फिल्ममा फर्किने कलाकारको उदाहरण हो। विवाहपछि भारतमा बस्दै आएकी विपना लामो समय परिवार र सन्तानको जिम्मेवारीमा केन्द्रित रहिन्। त्यसक्रममा अभिनयबाट उनको दूरी बढ्यो। तर १६ वर्षपछि उनी ‘ह्रस्वदीर्घ’मार्फत नेपाली फिल्ममा फर्किइन्। त्यसपछि ‘आ बाट आमा’मा पनि देखिइन्। अहिले उनी पहिलेजस्तो मुख्य अभिनेत्रीको भूमिकाभन्दा चरित्र केन्द्रित भूमिकामा आफूलाई अघि बढाउने प्रयासमा छिन्।

अमेरिकामा बस्दै आएकी अरुणिमा लम्साल पनि नेपाली फिल्मको पुरानो पुस्ताका दर्शकका लागि परिचित नाम हुन्। लामो समयदेखि अमेरिकामा रहँदै आए पनि मनोरञ्जन क्षेत्रसँग उनको सम्बन्ध भने टुटेको छैन।

‘तेल भिसा’को गीतमा अरुणिमासँगै पूजा चन्द र उषा पौडेललाई देखाइएको थियो। त्यस्तै, अरुणिमा र बिमलेश अधिकारीको अभिनय रहने ‘घर बट् इन अमेरिका’ सिरिजको तयारीसमेत भएको छ। त्यही ‘तेल भिसा’ले विदेशमा बसेका नेपाली कलाकारको अर्को समूहलाई पनि दर्शकमाझ ल्यायो। ऋचा घिमिरे करिब १० वर्षपछि यही फिल्ममार्फत अभिनयमा फर्किइन्। उनीसँगै अरुणिमा लम्साल र उषा पौडेलको उपस्थितिले पुराना कलाकारलाई फेरि एउटै फ्रेममा देख्ने अवसर दर्शकलाई दियो।

विदेशमा रहेका कलाकारको सूची यतिमै रोकिँदैन। सारंगा श्रेष्ठ, नन्दिता केसी, युना उप्रेती, सौजन्य सुब्बा, रञ्जना शर्मा लगायतका कलाकार पनि विदेशमा रहेर नेपाली मनोरञ्जन क्षेत्रसँग विभिन्न रूपमा जोडिँदै आएका छन्। त्यस्तै सरोज खनाल, रमेश उप्रेती, राजबल्लभ कोइराला, जीवन लुइँटेल लगायतका कलाकारको विदेश बसाइ र नेपाल फर्किएर अभिनयमा निरन्तरता दिने कथा पनि नेपाली फिल्म वृत्तमा चर्चित छ।

विदेशमा रहेका कलाकारको सूची यतिमै रोकिँदैन। सारंगा श्रेष्ठ, नन्दिता केसी, युना उप्रेती, सौजन्य सुब्बा, रञ्जना शर्मा लगायतका कलाकार पनि विदेशमा रहेर नेपाली मनोरञ्जन क्षेत्रसँग विभिन्न रूपमा जोडिँदै आएका छन्।

यी सबैको कथा एउटै छैन। कसैले परिवारका कारण विदेश रोजे, कसैले रोजगारी र व्यवसायका कारण, त कसैले व्यक्तिगत जीवनलाई प्राथमिकता दिए। त्यसैले विदेश बस्ने सबै कलाकारलाई एउटै श्रेणीमा राख्न मिल्दैन। तर उनीहरूको यात्रामा एउटा समानता भने देखिन्छ- त्यो हो अभिनयसँगको सम्बन्ध पूर्ण रूपमा टुटेको छैन।

वर्षौंसम्म पर्दामा नदेखिएका कलाकार अचानक नयाँ फिल्मको पोस्टर, गीत वा ट्रेलरमा देखिँदा दर्शकका लागि त्यो केवल कमब्याक हुँदैन, पुरानो सम्झनासँगको पुनर्मिलन पनि बन्ने गर्छ। यसले नेपाली फिल्म उद्योगका लागि अर्को सम्भावना पनि देखाएको छ। कलाकारको करिअर नेपालमै बसेर मात्र निरन्तर हुनुपर्छ भन्ने छैन। विदेशमा आफ्नो जीवन चलाइरहेका कलाकारले पनि समय र अवसर मिलाएर नेपाली फिल्ममा योगदान दिन सक्छन्।

सायद त्यसैले अहिले दर्शकका लागि चासोको विषय केवल ‘नयाँ कलाकार को आए?’ भन्ने मात्र छैन। प्रश्न अर्को पनि छ— वर्षौंअघि पर्दाबाट हराएका ती पुराना अनुहारमध्ये अब को फेरि नेपाल फर्किंदैछ?

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ६ : १५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ