भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार « Khabarhub

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको । बिहारस्थित वैशाली जिल्ला अन्तर्गत राघोपुर थाना क्षेत्रमा गएराति डुङ्गा पल्टिँदा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुङ्गामा सवार थिए। भगतान टोल (रामपुर श्यामचन्द पञ्चायत) मा माता महारानी स्थान नजिकै सिंहेश्वर राय नामक व्यक्तिको घरमा भोजका लागि उनीहरु जाँदै थिए ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार सात जनाको उद्धार गरिएको छ र उनीहरूलाई नालंदा मेडिकल कलेज एन्ड हस्पिटल पठाइएको छ। डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।

दुर्घटनाको कारण भने खुलाइएको छैन । दुर्घटनापछि बिहार सरकारले मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ९ : ०३ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र