काठमाडौं- जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने भएको छ । मानवीय भर्ना कार्यक्रमअन्तर्गत महिनौँको अनिश्चितता तोड्दै जर्मनीले यस्तो घोषणा गरेको हो ।
यसै क्रममा जर्मनीले पछिल्लो पटक ३२ जना अफगान शरणार्थीलाई जर्मनी पुर्याएको छ । जर्मनीको दैनिक अखबार डे वेल्टका अनुसार जर्मनीको आन्तरिक मामिला मन्त्रालयले अरु ४ सय १ जना पुनर्स्थापना हुने प्रक्रियामा रहेको जानकारी दिएको छ ।
सन् २०२१ मा अफगानिस्तानमा तालिबानको सरकार आएपछि जर्मनील मानवीय भर्ना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यस कार्यक्रममार्फत् जर्मनीले अफगानिस्तानमा कार्यरत पत्रकार, मानव अधिकार रक्षक र पूर्व कर्मचारीलाई पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ ।
यसमध्ये ३६० जना पत्रकार तथा मानव अधिकार अभियन्ता र जर्मन संस्थानमा काम गर्ने ५० जना पूर्वकर्मचारी छन् । जर्मन अधिकारीहरुले यीमध्ये अफगानिस्तान फर्किन चाहनेहरुलाई आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको छ ।













प्रतिक्रिया