नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा « Khabarhub

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । केही दिनअघि मात्र उनी राज्यसभा सदस्यमा निर्वाचित भएको थियो । राजीनामा दिएपछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले नयाँ सरकारलाई आफ्नो पूर्ण सहयोग र मार्गदर्शन रहने बताएका छन् ।

नितिश कुमारले आजको मन्त्रिपरिषद् बैठकपछि गभर्नरलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् । अब नयाँ सरकारले राज्यको कामकारबाही अघि बढाउने उनले उल्लेख गरे । बिहारको विकासका लागि आगामी दिनमा अझ राम्रा कामहरू हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

पदबाट राजीनामा दिनुअघि उनले बिहार सचिवालयमा अन्तिम मन्त्रिपरिषद् बैठक बोलाएका थिए । सो बैठकले मन्त्रिपरिषद् विघटनको सिफारिस गरेको थियो ।

अब बिहारको नयाँ मुख्यमन्त्री को बन्ने भन्नेबारे सर्वत्र चासो बढेको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ४ : ५६ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई