भाजपा नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री निश्चित, बुधबार शपथ « Khabarhub

भाजपा नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री निश्चित, बुधबार शपथ


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री बन्ने भएका छन् । बिहारमा एनडीए गठबन्धनले सम्राट चौधरीलाई आफ्नो नेता चयन गरेसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यसअघि भाजपाका वरिष्ठ नेता शिवराज सिंह चौहानले सम्राट चौधरी विधायक दलको नेता चुनिएको घोषणा गरेका थिए । उनले बुधबार बिहानै मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

मंगलबार नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पटनामा भाजपाको बैठक बसेको थियो । मुख्यमन्त्री बन्ने भएपछि चौधरीले पार्टीको विचारधारा र देशलाई अगाडि बढाउने काम जारी राख्ने बताए । उनले नितिश कुमारबाट आफूले सरकार चलाउन सिकेको पनि उल्लेख गरे ।

सम्राट चौधरीले प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत र नितिश कुमारको समृद्ध बिहारको सपना मिलेर पूरा गर्ने प्रतिबद्धता जनाए । पछिल्लो तीन दशकदेखि लालू यादव र नितिश कुमारकै वरिपरि घुमिरहेको बिहारको राजनीतिले नयाँ मुख्यमन्त्री पाउन लागेको हो ।

राष्ट्रिय लोक मोर्चाका नेता उपेन्द्र कुशवाहाले सम्राट चौधरीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि चौधरीलाई बधाई दिँदै नीतीश कुमारको निर्णयका कारण यो परिस्थिति बनेको बताए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ४४ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई