भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु « Khabarhub

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावा सहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

यसैगरी उत्तर प्रदेशका विभिन्न ठाउँहरू बाट मौसमी प्रकोपका कारण पशुधन ,आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको रिपोर्ट गरिएको छ । तीव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरुलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिएका छन् । सबैभन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लग–भग २० जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ३ : ४१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६