खुश्वु बोल्दा बोल्दै संसद्‍ छिरे रवि-बालेन, एमाले सांसदको आपत्ति « Khabarhub

खुश्वु बोल्दा बोल्दै संसद्‍ छिरे रवि-बालेन, एमाले सांसदको आपत्ति


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली बोल्दा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्‍मा छिरेपछि विरोध भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुख या सांसद बोल्दै गर्दा हिँड्नु आपत्तिजनक भएको बताएका हुन्। उनले प्रधानमन्त्री र सभापति लामिछानेले संसद्को नियमको उलंघन गरेकाले आपत्ति जनाए।

सरकारकै मान्छेको योजनामा आइतबार न्यूरोड क्षेत्र र सोमबार सञ्चारमाध्यमका कार्यालयमा गाडी तेर्स्याएको कुराले चर्को आलोचना र घेराबन्दीमा परेका बेला प्रधानमन्त्री शाह संसद्मा छिरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेसँग ५ मिनेट गोप्य वार्तापछि वालेन्द्र संसद्मा छिरेका हुन्। मंगलबार दिउँसो पहिले वालेन्द्र अनि रवि संसद्‍मा छिरेका हुन् ।

यसरी छिरेपछि एमालेका प्रमुख सचेतकसमेत रहेका महरले दुवैजनाले नियम तोडेकोमा कडा आपत्ति जनाएका हुन् । उनले त्यसमा नियमापत्ति गर्दै रुलिङ गर्न सभामुख डीपी अर्यालको ध्यानाकर्षण पनि गराए।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ०२ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई