खुश्वु बोल्दा बोल्दै संसद्‍ छिरे रवि-बालेन, एमाले सांसदको आपत्ति « Khabarhub

खुश्वु बोल्दा बोल्दै संसद्‍ छिरे रवि-बालेन, एमाले सांसदको आपत्ति


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली बोल्दा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्‍मा छिरेपछि विरोध भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुख या सांसद बोल्दै गर्दा हिँड्नु आपत्तिजनक भएको बताएका हुन्। उनले प्रधानमन्त्री र सभापति लामिछानेले संसद्को नियमको उलंघन गरेकाले आपत्ति जनाए।

सरकारकै मान्छेको योजनामा आइतबार न्यूरोड क्षेत्र र सोमबार सञ्चारमाध्यमका कार्यालयमा गाडी तेर्स्याएको कुराले चर्को आलोचना र घेराबन्दीमा परेका बेला प्रधानमन्त्री शाह संसद्मा छिरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेसँग ५ मिनेट गोप्य वार्तापछि वालेन्द्र संसद्मा छिरेका हुन्। मंगलबार दिउँसो पहिले वालेन्द्र अनि रवि संसद्‍मा छिरेका हुन् ।

यसरी छिरेपछि एमालेका प्रमुख सचेतकसमेत रहेका महरले दुवैजनाले नियम तोडेकोमा कडा आपत्ति जनाएका हुन् । उनले त्यसमा नियमापत्ति गर्दै रुलिङ गर्न सभामुख डीपी अर्यालको ध्यानाकर्षण पनि गराए।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ०२ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा