मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार « Khabarhub

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हाल केन्द्रीय कारागार सुन्धारामा सजाय काटिरहेका उनलाई दोषी ठहर गर्दै बिहीबार ३२ सजाय निर्धारण गर्ने गरी पेशी तोकेको छ।

यसअघि १२ भदौ २०८२ मा उच्च अदालत पाटनले पनि जिल्ला अदालत काठमाडौंको प्रारम्भिक आदेशलाई सदर गरिदिएको थियो।

आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय भोगिरहेका मधेश प्रदेशका पूर्वप्रमुख अहिराजले अब लामो सजाय काट्नुपर्ने भएको छ।

२०८२ साउन १४ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

राजेश अहिराज अहिले केन्द्रीय कारागारमा छन् । घरमै काममा सघाउन राखिएकी युवतीलाई बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । लामो समय भारतमा लुकेर बसेका उनी गत साउनमा काठमाडौँ आएपछि समातिएका थिए ।

पठनपाठनको जिम्मा लिएका अहिराजले घरमै राखिएकी युवतीलाई बलात्कार गरेपछि उजुरी परेको थियो।

काठमाडौंको थापागाउँस्थित घरमा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख थियो ।

झा मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक/प्रकाशक पनि थिए । उनी मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका बौद्धिक व्यक्तिका रुपमा परिचित थिए ।

झालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ७ गते मधेश प्रदेश प्रमुख नियुक्त गरेका थिए। तर उनलाई शेरबहादुर देउवा सर्वोच्चको आदेशमा प्रधानमन्त्री भएपछि हटाइएको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ३९ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित