उत्तर कोरियाको आणविक परीक्षणसम्बन्धी अध्ययनमा संलग्न अमेरिकी भूकम्पविद् चीनको नियन्त्रणमा « Khabarhub

उत्तर कोरियाको आणविक परीक्षणसम्बन्धी अध्ययनमा संलग्न अमेरिकी भूकम्पविद् चीनको नियन्त्रणमा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी कोरियाको आणविक परीक्षणसम्बन्धी अध्ययनमा संलग्न चिनियाँ मूलका अमेरिकी भूकम्पविद् युलिन चेनलाई चीनले विगत दुई वर्षदेखि नियन्त्रणमा राखेको छ । अमेरिकाबाट सञ्चालित अनुसन्धान परियोजनामा कार्यरत ५४ वर्षीय चेनलाई चीनले जासुसीको आरोपमा पक्राउ गरी मुद्दा चलाउने तयारी गरेपछि दुई देशबीचको कूटनीतिक तनाव अझ बढेको छ ।

अमेरिकी नागरिकता लिइसकेका चेनलाई अमेरिकी विदेश मन्त्रालयले ‘गैरकानुनी रूपमा बन्दी बनाइएको’ सूचीमा राखेको छ । चेनकी श्रीमती युफाङ रोङका अनुसार सन् २०२४ को नोभेम्बरमा परिवारलाई भेटेर बस्टन फर्कने क्रममा उनलाई बेइजिङ विमानस्थलबाट चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेपछि चिनियाँ अधिकारीहरूले उनलाई उत्तर कोरियाली आणविक परीक्षणका प्राविधिक विवरणबारे १०० भन्दा बढी पटक सोधपुछ गरिसकेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार चेनले गरेका अनुसन्धानहरू सार्वजनिक तथ्यांकमा आधारित थिए । तर, चीनले आफ्ना पुराना वा खुला तथ्यांकलाई समेत राष्ट्रिय सुरक्षाको दायरामा राखेर जासुसीको अभियोग लगाउने गरेको अधिकारकर्मीहरूको भनाइ छ । चिनियाँ अधिकारीहरूले चेनको प्राविधिक ज्ञान प्रयोग गरी आफ्ना भूमिगत आणविक परीक्षण लुकाउने रणनीति बनाउन खोजेको आशंका समेत अमेरिकी पक्षले गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा यस मुद्दाबारे कुरा उठाएको भए पनि बेइजिङले भने कुनै सकारात्मक कदम चालेको छैन । चिनियाँ विदेश मन्त्रालयले भने आफ्ना न्यायिक निकायहरूले कानुनबमोजिम काम गरिरहेको र कसैलाई पनि गैरकानुनी रूपमा थुनामा नराखिएको दाबी गरेको छ ।

स्वास्थ्य समस्याबाट ग्रसित चेनलाई थुनामा रहँदा कडा यातना दिइएको र आवश्यक औषधि-उपचारबाट समेत वञ्चित गराइएको उनकी श्रीमतीले बताएकी छन् । हालसम्म अदालतमा पेश नगरिएका चेनलाई चीनले गोप्य रूपमा कडा सजाय सुनाउन सक्ने अमेरिकामा त्रास बढेको छ । अमेरिकी सांसदहरू र बन्दी रिहाइका लागि कार्यरत संस्थाहरूले उनको तत्काल मुक्ति र सकुशल स्वदेश फिर्ताको माग गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ३ : ०६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल