पाकिस्तानमा बलुचहरुलाई जबरस्ती बेपत्ता पार्ने क्रम तीव्र « Khabarhub

पाकिस्तानमा बलुचहरुलाई जबरस्ती बेपत्ता पार्ने क्रम तीव्र


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको कराँची र बलुचिस्तान क्षेत्रमा जबरस्ती व्यक्ति बेपत्ता पार्ने क्रम फेरि तीव्र बनेको छ। विभिन्न स्थानमा भएका अलग-अलग छापामा दुई १४ वर्षीय विद्यार्थीसहित आठ जनालाई जबरस्ती बेपत्ता पारिएको छ भने यसअघि बेपत्ता भएका पाँच जना बलुची विद्यार्थी र तीन जना महिला सकुशल घर फर्किएका छन् ।

प्राप्त जानकारी अनुसार कराचीको मौरिपुर क्षेत्रस्थित टिकरीमा मात्रै तीनवटा घटना भएका छन्। त्यहाँबाट २८ वर्षीय मजदुर सबिर, ३० वर्षीय अब्दुल अजिज र २८ वर्षीय स्थानीय पसले आमिरलाई रेन्जर्स तथा आतंकवाद नियन्त्रण विभागका कर्मचारीले अलग-अलग समयमा नियन्त्रणमा लिएका हुन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको र परिवारले कुनै जानकारी नपाएको बताइएको छ।

यसैबीच, बलुची स्टुडेन्ट्स एक्सन कमिटीले गत अगस्ट ५ को राति गुलशन-ए-इकबाल क्षेत्रबाट बेपत्ता पारिएका कराची विश्वविद्यालयका पाँच जना विद्यार्थी अजहर बलुच, घौस बख्श बलुच, शेहजाद बलुच, अनिस बलुच र वसिम बलुच सकुशल घर फर्किएको जनाएको छ। तर, अन्य दुई विद्यार्थी खलील बलुच र जुबेर बलुचको अवस्था अझै अज्ञात छ।

बलुची विद्यार्थीहरूको जबरस्ती बेपत्ता पारिने घटनाको विरोधमा कराचीमा एक विरोध र्‍यालीसमेत निकालिएको छ, जहाँ विद्यार्थीहरूलाई सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण प्रदान गर्न माग गरिएको छ। बलुचिस्तानतर्फ पनि सुरक्षाकर्मी र गुप्तचर निकायद्वारा यस्तै खालका कारबाहीहरू भएका छन्।

बुलेडाका बासिन्दा मन्सूर अनवरलाई पाकिस्तानी सेनाले घरबाटै उठाएर लगेको परिवारले बताएका छन्। मन्सूर यसअघि पनि सन् २०२३ को नोभेम्बरमा बेपत्ता भई २०२४ को जनवरीमा मात्र रिहा भएका थिए। त्यस्तै, क्वेटाको सारियाब रोडबाट १४ वर्षीय दुई विद्यार्थी सफिउल्ला बलुच र मुदस्सिर बलुचलाई सीटीडी र आईएसआईले नियन्त्रणमा लिएका छन् भने १९ वर्षीय मजदुर नजिबुल्लाह बलुच र क्वेटा सपिङ मल नजिकबाट पक्राउ परेका सद्दाम हुसेनको पनि अवस्था अज्ञात छ।

परिवारले उनीहरूमाथि कुनै कसुर भए अदालतमा पेस गर्न र नभए तत्काल रिहा गर्न माग गरेका छन्। यसबीचमा, गत जुलाई ३० मा क्वेटाबाट बेपत्ता पारिएका तानिया, जाभेरिया र राफिया नामक तीन जना महिला भने एक सातापछि अगस्ट ६ मा सकुशल घर फर्किएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ४ : २८ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड